आज :

ठूलो आर्थिक चलखेलको योजनासहित हुम्ला अस्पतालको बोलपत्र आह्वान

सिमकोट । जिल्ला अस्पताल हुम्लाको भवन निर्माण गर्न ठेकदार कम्पनीको योग्यताको आधारमा बोलपत्र आह्वान गरेको पाइएको छ ।  ठेक्कासँग सम्बन्धित तथा विषयका जानकारअनुसार जिल्ला स्वास्थ्य कार्यालय हुम्ला, भवन डिभिजन कार्यालय जुम्ला तथा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले ठूलो आर्थिक चलखेलसहितको मिलेमतोमा बोलवत्र आह्वान गरेको छ । सोसँग सम्बन्धित एक इन्जिनियरका अनुसार २८ करोडको योजनामा जम्मा २५ देखि ३० प्रतिशत मात्रै लागत हुने देखेरै ठूलो चलखेल सहित सो बोलपत्र आह्वान गरिएको जनाए ।

भवन डिभिजन कार्यालय जुम्लाले गएको भदौं १९ गते प्रकाशित गरेको बोलपत्रमाफर्त कार्यालयले निश्चित ५ वटा निर्माण कम्पनीलाई जिम्मा दिने नियतले सार्वजनिक खरिद ऐन २०७३ को व्यवस्था बिपरितका शर्त राखेर बोलपत्र आह्वान गरिएको छ । यसअघि कर्णाली प्रदेशको मुगु जिल्ला अस्पतालभवन निर्माण गरेको जिम्मा लिएको लुम्बीनी बिल्डर्स र कन्टेक कन्ट्रक्सन र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनको भवन निर्माण गरेका पाँच वटा निर्माण कम्पनीलाई मात्रै हुम्ला अस्पताल निर्माणको जिम्मा दिने गरी विभिन्न तीनवटा शर्त राखेर बोलपत्र आब्हान गरेको छ ।

जुम्ला स्थित भवन डिभिजन कार्यालयले प्रकाशित गरेको  HSO/HUMLAWORKS/NCB/01-077/078, नम्बरको बोलपत्रमाउल्लेखित ५ वटा निर्माण कम्पनीसँग मात्रै मेलखाने गरेर मुख्य कार्यअनुभव निर्धारण गरेको छ । नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमले कार्यक्रमले तयार गरेको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा कर्णाली प्रदेशमा पहिलो पटक बनेका मुगु र जुम्ला अस्पतालको भवनको निर्माण गर्ने कम्पनीलाई नैं जिम्मेवारी दिने गरेर सार्वजनिक खरिद ऐन २०६३ विपरित सर्त राखिएको छ ।

ऐनको दफा ४ को उपदफा ४ ले मा भनिएको छ, “बोलपत्र वा पुर्व योग्यता सम्बन्धि कागजातमा मालसामान वा निर्माण कार्य वा अन्य सेवाको प्राविधिक वा गुणस्तरजन्य विषेशताहरुको विवरण र परिक्षण (टेष्टिङ), मार्किङ प्याकेजिङ, लेवलिङ वा पुष्टिकरणको प्रमाणपत्र (कनफरमिटी सर्टिफिकेट) सम्बन्धी आधार वा संकेत वा शब्दावली उल्लेख गर्दा त्यस्तो मालसमान वा निर्माण कार्य वा अन्य सेवाको काम सँग असम्बद्ध हुने, योबोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागि हुन कुनै किसिमले बाधा पुर्याउने वा औचित्य विदा प्रतिस्पर्धालाई सिमति गर्ने गरी विवरण, आधार, संकेत वा शब्दावली उल्लेख गर्न सकिने छैन् ।” तर भवन डिभिजन कार्यालय जुम्लाले प्रकाशित गरेको बोलपत्रले यस अघि निर्माण जिम्मा पाएका ठेकदार कम्पनीलाई मात्रै लक्षित गर्दै हिमाली क्षेत्रमा अस्पतालका भवनमा २०१६ घन मिटरको ढुंगाको काम, ७२ घन मिटर सल्लाको काठको काम र २५५० स्क्वाएर मिटरजस्तापाताको छानोको काम गरेको हुनुपर्ने सर्त राखिएको छ ।

यो शर्तले मुगुको जिल्ला अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी बाहेक अन्य कनैपनि निर्माण कम्पनीले बिडिङ गर्न पाउने छैन्न ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको लागतमा बन्न लागेको भवनमा प्रतिस्पर्धा नहुने भएपछि त्यसको गुणस्तर पारदर्सितामा सर्वत्र प्रश्न उठान थालिएको छ ।“कुनैपनि बोलपत्रमा निश्चित ठेकदार कम्पनीलाई जिम्मा दिनेगरेर सर्त तोकिनु राम्रो होइन्”निर्माण व्यवसायी संघ हुम्लाका एक पदाधिकारीले भनेले भने, “यो बोलपत्र सार्वजनिक खरिद ऐन र प्रचलित नियम विपरित देखिन्छ ।”जिल्लामा निर्माण हुने अन्य भवन डिभिजन कार्यालय जुम्लाबाटै हुने भएकाले आफ्नो नाम उल्लेख गर्न नमानेका ती ठेकदारका अनुसार डिभिजन कार्यालय जुम्ला, जिल्ला अस्पताल हुम्ला, कर्णली प्रदेशको सामाजिक विकास मन्त्रालयका केही पदाधिकारीको मिलेमतोमा उक्त बोलपत्रको उक्त प्रवधान उल्लेख गरिएको दावी गरे ।

निर्माण व्यवसायी र युवाहरुको बिरोध

जिल्ला अस्पताल हुम्लाको भवन निर्माण गर्न प्रकाशित गरेको बोलपत्रप्रति निर्माण व्यवसायी संगठनले बिरोध जनाएको छ । बोलपत्रको क्राइटएरिया संशोधन गर्न पटकपटक गरेको आग्रहलाई भवन डिभिजन कार्यालय जुम्ला, जिल्ला अस्पताल हुम्ला र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले नमानेपछि संगठन बिरोधमा उत्रिएको जानएका छन् । यता प्रदेश सरकार सामाजिक मन्त्रालयलाई सो बारे जानकारी लिदा मन्त्रालयले आवश्यकता अनुसार रकम हाल्ने निर्णय गरे पनि त्यसबाहेका विषयमा मन्त्रालयको कुनै सरोकार नरहेको बताएको छ ।

सार्वजनिक खरिद ऐन वितरित सिमति ठेकदार कम्पनीलाई बोलपत्रमै समावेश गर्न नदिने गरी सिण्डिकेट गरेको उल्लेख दावी गर्दै निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा निर्माण व्यवसायी संगठनका अध्यक्ष यक्षध्वज कार्कीले भने, “यो (हुम्ला अस्पताल भवन निर्माणको) बोलपत्रमा उल्लेख भएका आधार क्षेत्र न्यूनतम मापदण्ड विपरित छन् ।”हिमाली क्षेत्रमा मात्र अस्पताल भवन निर्माण गरेको भनेर बोलपत्रका पुस्तीकामा राखिनु निकै अपारदर्शि काम हो” उनले थपे,“भवनको गुणस्तर कायम गर्ने र सार्वजनिक खरिद ऐन अनुसार राज्य कोषको रकममा मितव्ययी अपनाउने हो भने यसमा बढी भन्दा बढीको प्रतिष्पर्धा गराउन तर्फ जानु पर्छ तर यो बोल पत्रले प्रतिष्प्रधाको बाटो बन्द गरेको छ ।
राज्यको करोडौको लागानीमा बन्ने जिल्ला अस्पताल जस्तो जिल्लाकै गौरवको भवनको निर्माणको काम सतही रुपमा अघि बढेको सत्तारुढ दल नेपाल कम्युनिस्टा पार्टी (नेकपा) को भातृ संगठन युवासंघका केन्द्रिय सदस्य उपेन्द्रजंग शाहीको आरोप छ । उनले हुम्ला उत्तरतीरको सडक सञ्जालमा जेडिएसँगै व्यक्तिगत भवनसमेत सिमेष्टेट बन्न थालेका छन् तर जिल्ला अस्पताल जस्ता अतिसंवेदनसिल भवन ठूलो रकम खर्चिएर जस्तापाताले निर्माण हुने कुरा राम्रो नभएको बताए । भदौं १९ गते बोलपत्र प्रकाशित भएको भवनले

डिपिआरमै त्रुटी

भवन डिभिजन कार्यालय जुम्लाले टेण्डर गरेको जिल्ला अस्पताल हुम्लाको भवनको डिपिआरमै त्रुटी देखिएको छ । राज्य कोषको २८ करोडको लागतमा निर्माण हुन लागेको जिल्ला अस्पताल हुम्लाको भवन निर्माणका लागि तयार पारिएको डिपिआरमै थूप्रै प्रकारका त्रुटि भेटिएका छन् । थोरै क्षेत्रफलमा रहेको जिल्ला अस्पताल हुम्लाको परिसरमै निर्माण हुने उक्त भवन एक तले मात्रै निर्माण हुने छ ।

उत्तरी क्षेत्र चीन र दक्षिणको कर्णाली राजमार्ग तथा कर्णाली कोरिडोर मार्फत राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेर व्यक्तिगत भवन समेत आरसिटी गरिएका बेला जिल्ला अस्पताल जस्तो महत्वपूर्ण भवन जस्ताको छानामा निर्माण हुन लागेको हो । अस्पतालमा अहिले भएको मेटानीटि ब्लक, फार्मेसी ब्लक नयाँ निर्माण भएको एक्सरे ब्लब भत्काएर निमार्ण गर्न लागिएको नयाँ भवन लगाएपछि अस्पताल परिसरमा पार्किङका लागि समेत स्थान पुग्ने छैन् । यति मात्रै होइन् भवनको डिपिआर गुणस्तर निर्माणमा भन्दा रकम खर्च भएको देखाउने क्षेत्रमा बढी ध्यान दिइएको छ । जिल्ला दर रेट समितिमा सदस्य भएका एक इन्जिनियरले भने निकै महत्वकांक्षिका हिसाबले अघि सारिएको जिल्ला अस्पताल हुम्लाको भवन त बनाएको ८ देखि १० वर्षमै फेरी भत्काउने पर्ने स्थिती हुन्छ ।

समय र परिस्थिती अनुसारको डिपिआर निर्माण नभएको उल्लेख गरेका ती इन्जिनियरका अनुसार बोलपत्र आब्हान गरिएको जिल्ला अस्पतालको भवन डिपिआर देखिका सबै प्रक्रिया निकै संकाष्पद देखिन्छन् । “आरसिटी भवन लगाएर एकै भवनमा धेरै प्रकारका ब्लक लगाएमा स्पतालको कम क्षेत्रफलमा बढी भवन निर्माण हुन्छ,” उनले भने“त्यस्तो भवन निर्माण गर्ने हो भने एकातर्फ पछिसम्म काम लाग्ने हुन्छ भने अर्कोतर्फ अस्पतताल परिसरमा एम्बुलेन्स देखि अन्य सवारी साधनको पार्किङ गर्ने पर्याप्तठाउँ समेत पुग्ने हुन्छ ।”

आफू सरकारी कार्यालयमै भएकाले विवादित हुने डरले नाम उल्लेख गर्न नमानेका ती इन्जिनियरका अनुसार भवनको डिपिआर परिवर्तन नगर्ने हो भने हुम्लामा निर्माण हुने उक्त भवन धेरै समय टिक्दैन् । राज्इ कोषको मोटो रकम खर्च गरेर निर्माण हुने तर छोटो अवधीमै भत्काउने पर्ने प्रकृतीको उक्त भवनको डिपिआर तत्कालन परिवर्तन गर्न उनको सुझाव छ । डिपिआर हेर्दा गुगन म्यापबाट जिल्लाको स्थलगत अवस्था नबुझेर तयार गरेको जस्तो देखिने डिपिआरमा परिवर्तन गरेर राम्रो सँग निर्माण गर्ने हो भने अहिलेको उत्त रकमले हुम्ला जिल्ला अस्पतालको मुहार फेरिने उनको तर्क छ ।

यस्ता छन् नयाँ अस्पतालमा निर्माण हुने ब्लक

विवादबाटै शुरुवात भएको हुम्ला अस्पतालको भवनमा ६ वटा ब्लक निर्माण हुने भएका छन् । जिल्ला अस्पतालको अहिलेको परिसरमै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २८ करोडको लागतका क्रमागत रुपमा निर्माण हुने सबै ब्लक एक तले हुनेछन् ।

नेपाल स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमले केही वर्ष अघि तयार पारेको डिपिआर अनुसार अस्पतालमा अप्रेसन ब्लक, इमरजन्सी ब्लक, किचन ब्लक, मर्चरी ब्लक, वेटिङ ब्लक र सार्वजनिक सौचालय ब्लक गरेर ६ ब्लक निर्माण गरिने छ ।
मेजर अप्रेसन, माइनर अप्रेसन, रिकोभरी रुम, डक्टरर्स रुम र स्टाफनर्श रुम गरेर विभिन्न कोठा निर्माण हुने अप्रेसन ब्लक ३५०.७१ स्क्वायर मिटरमा निर्माण हुनेछ । जसमा साना र ठूला गरेर १३ वटा कोटा निर्माण हुने इमरजन्सी ब्लकले २५२.६८ स्वायर मिटर क्षत्रफल ओगट्ने छ । ७ वटा कोठामा तयार हुने किचन ब्लकका लागि २४३।०८ स्क्वायर मिटरको क्षेत्रफल आवश्यक पर्नेछ ।

पोष्टमार्टम कक्ष, लाश राख्ने कोठा, चिकित्सक कक्षा गरेर ४ कोठा हुने मर्जरी ब्लक ११३.३० स्क्वायर मिटरमा तयार हुनेछ ।
बिरामी कुरुवा कोठा, किचन, बेड रुमसहित ४ कोठा गरेको वेटिङ ब्लक सबैभन्दा कम अर्थात ८४.१० स्क्वायर मिटरको क्षेत्रफलमा निर्माण हुनेछ । माथि उल्लेख गरिएका सबै ब्लकमा पुरुष र महिला सौचालयसमेत राखिने छ । नयाँ निर्माण हुने अस्पतालमा सर्वसाधारण र बिरामी कुरुवाका लागि छुट्टै सार्वजनिक सौचालयको ब्लकसमेत निर्माण गरिने छ । जुन ९९.५ स्क्वायर मिटरको क्षेत्रफलमा निर्माण हुनेछ ।

अनुगमन गर्न २ वटा मोटरसाइकल

सडक सञ्जालमा नजोडिएको जिल्ला भएकाले ढुवानीमा समस्या हुने तर्कसहित जस्तापातको भवन निर्माणको डिपिआर गरिएको जिल्ला अस्पतालको भवन निर्माणको अनुमगन गर्न भने १५० सिसिका दुईवटा मोटरसाइकल खरिद गर्ने योजना छ । सिमकोट बजारदेखि १० मिनेटको पैदल दूरीमा रहेको अस्पतालमा निर्माण हुने भवनको अनुगमन गर्न मोटरसाइल खरिद गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal