आज :

उपत्यकामा १६३८ सहित देशभर थप २७ सय २२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकमा थप १६३८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएका जानकारी गराएको हुन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

आज ११ जनाको ज्यान गएको छ । आजको सहित हाल सम्म ५२० जनाकाे कोरोनाका कार०ा  ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।

आज १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal