आज :

अमेरिकी राष्ट्रपति ट्रम्प होम आइसोलेसनमा, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनकी पत्नी तथा अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण भएको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । ट्रम्पले आफू होम क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पकी सल्लाहकार हिक्सलाई भने कोरोनाका केही लक्षण पनि देखिएको छ । ट्रम्पले हिक्सले कडा अनवरतरुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

ट्रम्पले कोरोनालाई सामान्य भन्दै आएका थिए । सुरुका दिनमा कोरोनालाई चिनियाँ भाइरस भन्दै बेवास्ता गरेका ट्रम्पले विश्वमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएपछि मास्क लगाउन तयार भएका थिए । मास्क लगाउने कुरा गर्दा आफ्ना चिकित्सक र सल्लाहकारलाई हकार्दै आएका ट्रम्प मास्क लगाउन तयार भएका थिए ।

ट्रम्पकले कोरोनालाई गम्भीर रुपमा नलिएकोले नै सबैभन्दा बढी अमेरिकामा क्षति पुगेको भन्दै विश्वभर आलोचना भइरहेको छ । यही बेला ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal