News Portal

  • अखिल (क्रान्तिकारी) अर्घाखाँचीले १२० जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री बितरण गर्यो

    डबली संवाददाता२०७७ असोज १५ गते
    ३२२ पटक

    काठमाडौँ । बिद्रोही नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले १२० जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री बितरण गरेको छ ।

    अर्घाखाँचीे जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १२ मा रहेको शान्ति निमाविमा रहेका बिध्याथिहरुलाई एक कार्यक्रम मार्फत सामग्री वितरण गरेको हो ।

    कार्यक्रम अर्घाखाँची जिल्ला अध्यक्ष नवीन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष खड्काले विद्यार्थीको हकहितका लागि लड्ने सङ्गठन अखिल (क्रान्तिकारी) भएकाले सम्पूर्ण विद्यार्थीको आवाजलाई बुलन्द पार्न क्रियाशील र समर्पित भएर लाग्नुको विकल्प नरहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्