आज :

थप २ जना कोरोना संक्रमितको कोहलपुर अस्पतालमा निधन

काठमान्डौैँ । बिहिबार बिहानै कोरोना संक्रमित बाँकेमा निधन भएको छ । शिक्षण अस्पताल कोहलपुरमा २ जना कोरोना संक्रमितको निधन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएको छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १७ पुगेको छ ।

तिनीहरु मध्ये ९ जना बाके जिल्लाकै हुन भने बाकी ८ जना बाहिरी जिल्लाको रहेको छन् ।
यस्तै नेपालमा बुधबार थप १५५९ जना कोरोना संक्रमित थपिएका थिए । हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७८ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो कोरोनाबाट ७ जनाको ज्यान गएको थिए । त्यसैगरी मन्त्रालयका अनुसार हाल सम्म संक्रमणबाट निको हुनेको संख्या ५६४२८ जना पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या २०८९१ छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १००८७ भने होम आइसोलेसजमा १०८०४ जना रहेका छन्।
त्यस्तैगरी क्वारेन्टिनमा ५४२८ जना छन्। साथै २०१ जनाको आईसीयूमा र हाल ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal