आज :

रसियाले बनाएको खोप नेपाल ल्याउने सम्झौता भयो, ९० प्रतिशत नेपाली लाई पुग्ने

काठमाडौँ । रसियाले बनाएको खोप नेपाल ल्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड ९आरडीआईएफ० र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप ल्याउने सहमति भएको हो ।

नेपालको झण्डै ९० प्रतिशत  जनसंख्यालाई खोप पुग्ने रसियमा खोप उत्पादन गर्ने कम्पनी आरडीआईएफले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

उक्त सहमतिमा तेस्रो चरण को परिक्षणमा रहेको खोप विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र नेपाल सरकारले मान्यता दिएपछि मात्रै  नेपाल आउने जानकारी गराएको छ। मान्यता पाए लगतै नेपालमा दुई करोड ५० लाख डोज कोरोनाको खोप आपूर्ति गर्ने सहमति भएको छ ।

यता नेपाल स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी ले भने खोप ल्याउने सम्झौताबारे नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताएको छन् ।

तर यसअघि नै नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभले नेपाललाई खोप उपलब्ध गराउन सकिने बताएका थिए । त्यस्तै स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ ले सामान्य अवस्थामा डब्लूएचओले मान्यता दिएको खोप मात्र प्रयोग गर्दै आएको जनाएको छ ।

यसअघि गत अगस्ट ११ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका वैज्ञानिकहरूले कोभिडको पहिलो खोप ‘स्पुतनिक–५’ विकसित गरेको घोषणा गरेका थिए ।

यो खोप गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको हो । खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति दिइसकेको छ । तर डब्लूएचओले मान्यता दिन भने बाकी छ । डब्लूएचओले मान्यता दिए पछी मात्र अन्य सम्बन्धित निकाय सगको सहकार्यमा खोप रूसबाट निर्यात गर्न बाटो खुल्ने छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal