आज :

चिनियाँ कम्पनीले भन्यो- २०२१ मा कोरोना खोप विश्वरभर पुर्याउन छौं

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ मा मात्रै विश्व बजारमा पठाउने चिनियाँ कम्पनीले बताएको छ । नको औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने जनाएको छ ।

कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षण सम्पन्न नभएपनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपत्कालीन प्रयोग प्रावधानअन्तर्गत् सम्मिलित गरिसकेको छ ।

कम्पनीले यो खोप अमेरिकासमेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङले आफूले व्यक्तिगतरुपमा पनि कोरोनाभ्याक लगाइसकेको बताएको चिनियाँ संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

चीनले यस वर्षको सुरुमा जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो । जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए । सिनोभ्याकमा कार्यरत् ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ ।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुनसकेका छैनन् । उनीहरुले चिनियाँ खोपमाथि प्रश्न उठाउँदै बिक्री नगर्न भनेका छन् ।

अहिलेसम्म विना औषधि कोरोनासँग लडिरहेका मानिसहरुले चिनियाँ र रसियन खोप बजारमा आउने समाचारसँगै केही राहत महशुस गरेका थिए । तर चिनियाँ कम्पनीले सन् २०२१ मात्रै आउने बताएको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर कोरोना भाइरसबाट ७० हजार ६१४ जना संक्रमित भएको बताएको थियो । शनिबार विहानसम्म आउँदा त्यो ७१ हजार नजिक पुगेको बताइएको छ ।

शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको जानकारी दिए । शुक्रबार थप ६ जनाको निधन भएसँगै यो संख्या पुगेको हो ।

त्यसैगरी शुक्रबार थप १ हजार ४ सय ५५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५१ हजार ८ सय ६६ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसारहाल सम्म ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ । यो समय १८ हजार २८९ जना आईसोलेसन्मा रहेको छन् । ६ हजार ४६४ जना करेन्टाईनमा रहेको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal