आज :

आईतबार थप १३२५ जनामा सक्रमण पुष्टि, ४११ जनाकाे ज्यान गयो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढिरहको छ । आइतबार देशभर थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म देशभर ६४ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वरले  दिएकाे जानकारी अनुसार आज ९६६ जना निको भएर घर फर्किएको छन् । योसँगै नेपालमा कोरोना जितेर घर जानेको संख्या ४६ हजार २ सय ३३ जना रहेको छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिलो २४ घण्टामा ११ जनाको ज्यान गएको पुष्टि भएको छ । हाल सम्म जम्म् ज्यान गुमाउनेको सख्या ४११ पुगीसकेको छ ।

हाल सम्म ७ हजार ४ सय ५१ जना करेन्टाइन  रहेको छन् भने आईसोलेसनमा १७ हजार ४ सय ७८ जना रहेको छन् । हाल सम्म ९ लाख १४ हजार २ सय ९० जनाको पिसियार टेष्ट भएको छ ।

यसैबिच कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशहरुमा नेपालीहरुले ज्यान गएको छ ।

मेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापानसहित १७ मुलुकमा कोरोना संक्रमणबाट उनीहरुले ज्यान गुमाएका हुन् । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।

हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।कोरोनाका कारण विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको समितिले जानकारी दिएको छ । योसँगै नेपालमा ४०१ र विदेशमा २४४ गरी जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal