आज :

असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सुचारु गर्ने सरकारको निर्णय 

काठमाडौं । सरकारले असोज ५ गतेबाट हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद‍को बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो ।

त्यसैगरी लकडाउनसँगै बन्द लामो दूरीका सार्वजनिक यातायातका साधन पनि सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।तर यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै आएका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal