आज :

उपत्यकामा कोरोना बढेको बढ्यै, आईतबार थप ५९७ जनामा सक्रमण पुष्टि

काठमान्डौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएकाे छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप १०३९ संक्रमित पुष्टि गरेको छन् । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।

मन्त्रालयको प्रवक्ता डा गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिएको छन् । आज मात्र नेपालमा विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छन् ।

आईतबार देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal