News Portal

  • थप १०३९जना सक्रमण पुष्टि, संक्रमित सख्या ५४ हजार नाघ्यो

    डबली संवाददाता२०७७ भदौं २७ गते
    २०७ पटक

    काठमान्डौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०३९ संक्रमित पुष्टि गरेको छन् । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।

    मन्त्रालयको प्रवक्ता डा गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिएको छन् । आज मात्र नेपालमा विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छन् ।

    आईतबार देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् ।
    अाज कोरोना संक्रमणका कारण थप ९ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३४५ जना कोरोना संक्रमितको िनधन भइसकेकाे छ।

    प्रतिकृया दिनुहोस्