आज :

काठमान्डाै‌ उपत्यकामा ५ जनाकाे ज्यान गयाे, थप ४३१ जनामा संक्रमण पुष्टि

काठमान्डौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिएका बताएका थिए । उनिहरु काठमाडौंका ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण भएका थिए ।

नेपालमा थप १२०१ जना कोरोना सक्रमित भएको जनाएकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ । यस अघि डा. जागेश्वर गौतमले शुक्रबार १४५४ र बिहीबार मात्रै १२४६ जनामा संक्रमण देखिएको पुष्टि गरेका थिएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ जना पुगेको छ । निधन हुनेमा २ जना काठमाडौ उपत्यकाका समेत रहेको छन् ।

त्यस्तै शनिबार विहान पोखरामा एकजना कोरोना स्रमितको निधन भएको छ । उनि स्याङ्जाका हुन् संक्रमितको निधन भने पोखरामा उपचारको क्रममा भएको हो । स्याङ्जामा ज्यान गुमाउने ८५ वर्षका पुरुष हुन् । उनि स्याङ्जा पुतलीबजारका हुन् । त्यस्तै, शुक्रबार करिब १२ बजे पछि रुपन्देहीको बुटवलमा पनि कोरोना संक्रमणका कारण एक पुरुषको निधन भएको छ । त्यस्तैगरी शनिबार चितवनमा पनि कोरोनाभाइरसका कारण एक जनाको निधन भएको पुष्टि भएको छ ।

नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो। आज सम्म आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो भने त्यस्तै थप ५ जनाको ज्यान गएको थियो । हिजो थप ९७२ जना कोरोना संक्रमणमुक्त भएर घर गएको थिए ।

यसैबिच विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ९ लाख २० हजार बढीको ज्यान गएको छ । त्यस्तै विश्वभरि अहिलेसम्म २ करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यस्तै विश्वभर सङ्क्रमणमुक्त भएकाहरुको २ करोड ५ लाख ९४ हजार ८८४ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal