आज :

काठमाडौं उपत्यकामा थप १ जना कोरोना संक्रमितको निधन

काठमान्डौं ।काठमाडौं उपत्यकामा थप एक जनाको कोरोनाबाट ज्यान गएको छ । ललितपुर जिल्ला स्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको निधन भएको छ ।

उनि काठमाडौंका ६३ वर्षीय वृद्धको हुन उनको बिहान ३ बज तिर उपचारको क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले बताएको छ ।

सक्रमितलाई भदौ २४ गते कोरोना संक्रमण देखिएको थियो । उनि त्यही दिन अस्पताल भर्ना भएको थिए । वृदलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिए पछि केही दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसैबिचमा विहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा हिजो हाल सम्मकै धेरै थप ५७२ जना संक्रमित थपिएका जनाएको थिए ।

तिनीहरु काठमाडौंमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका हुन् । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,०१२ पुगेको छ । बिहिबार देशभर थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको जनाएको छ ।
यसैबिच आज बिहानै गण्डकी प्रदेशमा थप १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

पिसिआर परीक्षण गर्दा क्षयरोग उपचार केन्दमा १२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना गरि १७ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनिहरु कास्कीका २, तनहुँका १, स्याङजाका २ र नवलपरासी १२ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal