आज :

नेपालमा ५१ हजारमा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा १० हजार बढी

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो ।

बिहीबार १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार विहानसम्म विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप संक्रमित थपिएका छन् । यो संख्या दिउँसोसम्म बढ्ने देखिएको छ ।

काठमाडौँ उपत्यकामा विहीबारसम्म संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो पटक सबैभन्दा धेरै संक्रमित काठमाडौँमै देखिएका छन् । काठमाडाँैमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमण बढिरहेका छन् । विहीबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएकोे थियो ।

दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । जसमा काठमाडौँमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका थिए । दिउँसोसम्म कुल संक्रमितको संख्या १० हजार १२ पुगेको थियो । तर, विहीबार साँझसम्म काठमाडौँमा संक्रमितको संख्या ६ पुगिसकेको थियो । शुक्रबार विहानसम्म आइपुग्दा थप जनामा संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी विहीबार थप ५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌ंख्या ३१७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ । जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४३८ जना होम आइसोलेसनमा बसिरहेका छन् ।

त्यसैगरी आज ११ हजार १४४ जनाको आरटीपीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ । आजको सहित नेपालमा ८ लाख १० हजार ४८५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal