आज :

ओली-प्रचण्ड छलफल निष्कर्षः संशोधन गरेरै भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने

काठमान्डौं । सत्तारुढ नेकपाको दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज बालुवाटारमा भएको ३ घण्टा लामो छलपलमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने बिषयमा सहमति भएको छ ।

छलफलमा एमसीसी संशोधन गरेरै भएपनि संसदबाट अनुमोदन गर्ने निर्णय भएको छ । नेकपा स्थायी कमिटीको स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख गरेका छन्।

एमसीसीका सम्झौता बारे पार्टीले अध्ययन गर्न गठन गरेको कार्यदलले दिएको सुझावका विषयमा स्थायी समिति र सचिवालयमा छलफल गर्ने भनिएको छ ।

एमसीए नेपाल र सरकारबीच असार १६ देखि परियोजना कार्यान्वयनको थालनी गर्ने सहमति भए पनि तत्काल राष्ट्रिय सहमतिमार्फत संसद्बाट सम्झौता अनुमोदन हुन सकेको छैन ।

यसअघि असार १८ गते संघीय संसद्को अधिवेशन अन्त्यसँगै अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पनि अलपत्र परेको थियो । सत्तासीन नेकपाभित्रै एमसीसी विवादमा परेपछि रोकिएको एमसीसी अलपत्र भएको हो।

राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन गर्न रोकिएको छ । अमेरिकाले एमसीस्ी अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको भनेपनि अप्रत्यक्ष रुपमा एमसीसी संसदबाट जसरी पनि अनुमोदन गर्नेु पर्ने माग गरेको छ । त्यस्तै एमसीसी बिषयमा छिटो निर्णय लिन सरकारलाई आग्रह गरेको छ । यस अन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने पनि चेतावनि पनि दिएको छ ।

अमेरिका र नेपाल सरकारबीच २०७४ भदौ २९ मा एकसीसी सम्झौता भएको थियो । यो सम्भौतमामा अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन निर्माण, सडक स्तरोन्नतिका लागि ५० करोड अमेरिकी डलर अर्थात् करिब ५५ अर्ब रुपैयाँ नेपाललाई अनुदानका रूपमा दिने भनेको छ । यो सम्झौता नेपालको हित नहुने भन्दै सरोकारहरुले बिरोध गरेको छन् ।

सरोकार तथा बुद्दिजीबि जुनसुकै हालतमा एमसीसी खारेज होस् भन्ने चाहान्छन् । उनिहरुले दोस्रो विश्व युद्ध पछि साम्राज्यवादी देशहरूले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरुमा आफ्नो प्रभाव जमाई राख्नको निम्ति वैदेशिक अनुदान, सहयोग, ऋण आदीको योजना ल्याएका हुन भन्ने बताएको छन् ।

त्यस्तै यो अनुदानको प्रभावमा पारी नेपालमा अमेरिकी सेना ल्याउने तथा अनुदान पनि उनिहरुकै अनुसार खर्च हुने उल्लेख छ । जस्ले गर्दा अमेरिकाले गोप्य रुपमा भारतसग मिली चीनलाई हमाला गर्ने योजना बनाएको र नेपाललाई एउटा युद्ध मैदानको रुपमा प्रयोग गरिरहेको भन्दै यो खारेज हुनुपर्छ भनेर जनस्तर बाट ब्यापक बिरोध भईरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal