आज :

समुदायलाई कोरोनाबाट जोगाउन घरमै बसेर जितिया पर्व मनाइँदै

धनगढी । आज जितिय पर्व । यो पर्व मुख्य रुपमा थारु समुदायका महिलाहरुले मुख्य रुपमा मनाउने गर्छन् । आज जितिया पर्वको मुख्य दिन हो तर पहिलेजसो कुनै र निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् ।

सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाइरहेका छन् ।

थारुहरुको बाक्लो बसोबास रहेका कैलाली र कञ्चनपुर, बर्दिया-बाँकेमा जितिया पर्व विशेष गरी मनाइन्थ्यो । यसपटक पहिलेजस्तो नभएपनि टोलटोलमा जितिया मनाइरहेका छन् । थारुवान-थरुहटलगायतका संघ संगठनहरुले जितिया मानाउन कार्यविधिसमेत बनाएका छन् । समुदायलाई कोरोनाबाट जोगाउँदै जितिया मनाइरहेका छन् ।

आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।

यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal