काठमान्डौं । बुधबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बाल्दै मनत्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छन् ।
काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। मंगलबार उपत्यकामा मात्रै ३९६ जनामा संक्रमण देखिएको थियो।
अाज नेपालमा थप देशभर १ हजार ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए । हालसम्म नेपालमा ४९ हजार ९१९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी आज ज्यान गुमाउनेको सँख्या ६ जना छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३१२ पुगेको छ । मंगलबार पनि ६ जनाको ज्यान गएको थियो ।सोमबार ११ जनाको ज्यान गएको थियो ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । आज निको हुनेको संख्या ९१८ जना छ । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १०७ पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म कूल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजरा ३४१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित संख्या १५ हजार २५ छ । जसमध्ये ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा छन्। क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।