आज :

निषेधाज्ञाको तीन हप्ताः काठमाडौं उपत्यकमा कोरोना संक्रमण बढ्दै, ८ हजार ९७६ संक्रमित

काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि भन्दै स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा लगाएको निषेधाज्ञा तीन हप्ता पुगेको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । मंगलबारसम्म ८ हजार ९ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

निषेधाज्ञाको अवधि पुनः बढाउने वा खुकुलो बनाउने भन्नेमा कुरा मिलिसकेको छैन । स्थानीय प्रशासन निषेधाज्ञा बढाउन चाहेको छ । तर, नागरिकले त्यसको विरोध तथा प्रतिरोध गर्ने बताइरहेका छन् । यसलाई ख्याल गरेर गृहमन्त्रालयले निषेधाज्ञालाई पूर्णरुपमा नखुलाएरै जनजीवन सहज बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिलेकै अवस्थामा काठमाडौँमा निषेधाज्ञा गर्न पक्षमा नभएको बताइन्छ ।

काठमाडौँ उपत्यकाका मेयरहरुले हिजो निषेधाज्ञा खुकुलो बनाउने भए प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने माग राखेका छन् । खुकुलो बनाउने वित्तिकै प्रवेशलाई रोक्न नसकिने र कोरोना संक्रमण झन् बढ्ने भन्दै मेयरहरुले सेना परिचानको प्रस्ताव अगाडि सारेको बताएका छन् ।
यसबारे बुधबार विहानसम्म कुनै निर्णय भएको छैन । कोरोना संक्रमणलाई नियन्त्रण गर्न भनेर जारी गरिएको निषेधाज्ञ जारी गरिएको भएपनि दिनदिन संक्रमितको संख्या बढिरहेको छ । निषेधाज्ञाबीच संकलन गरिएको स्वाबको परीक्षण नतिजालाई हेर्दा काठमाडौँमा कोरोना टोलटोलमा पुगेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमण विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकामा ३९६ नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौँमा ३०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै काठमाडौँमा मात्रै संक्रमितको संख्या ७ हजार २१७ पुगेको छ । जसमा २ हजार ३८७ महिला र ४ हजार ८३० पुरुष रहेका छन् । ललितपुरमा ९७७ जना संक्रमित भएका छन् । जसमा महिला ४३९ र पुरुष ५३८ रहेका छन् । त्यस्तै, भक्तपुरमा सं क्रमितको संख्या ७८२ पुगेको छ ।

जसमा ३२४ महिला र ४५८ पुरुष रहेका छन् । यो मंगलबारको विवरण हो । यसमा आज थप संक्रमित थपिएका छन् । निषेधाज्ञाले संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मापदण्डको कठाईपूर्वक पालना गरी खोल्नुपर्ने माग पनि भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal