आज :

कोरोनाबाट भारतमा एकैदिन ९२ हजार संक्रमित, ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा

काठमाडौं । भारतमा एकै दिन कोरोना भाइरस संक्रमणबाट अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार भारतमा एकै दिन संक्रमितको संख्या ९२ हजार नजिक पुगेको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार गएको २४ घण्टामा एकैदिन ९१ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारत कोरोना संक्रमितको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख माथि पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७१ हजार भन्दा बढी पुगेको छ । अहिले पनि भारतमा ८ लाख ८३ हजार सक्रिय संक्रमित रहेका छन् ।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणदर घट्दै गएको छ तर भारतमा भने संक्रमण झन् बढ्दै गएको छ । भारतमा हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

आइतबारसम्म अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ६० हजार पुगेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

दोस्रोबाट तेस्रो स्थानमा झरेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार पुग्दा ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८९ हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal