आज :

कोरोनाका कारण कोरियामा काम गुमाएका नेपालीको लागि निःशूल्क बस्ने व्यवस्था

काठमाडौँ । कोरिया भाइरसका कारण काम गुमाएकाहरुल्लाई निःशूल्क बस्ने र सस्तोमा खाने व्यवस्था गरिएको छ । लामो समयदेखि दक्षिण कोरियामा व्यवसायी गर्दै आएका विनोद कुँवर आफ्नो रेष्टुरेन्टमा व्यवस्था गरेका हुन् ।

पछिल्लो पटक संक्रमितको संख्या बढेसँगै दक्षिण कोरियाले कडाई गरेको छ । सहजै आवतजावत र बस्ने वातावरण नभएकोले काम गुमाएकालाई निःशूल्क खाने र बस्ने व्यवस्था गरिएको कुँवेर अनलाइन डबलीलाई बताए । “कोरोना संक्रमण बढेपछि अहिले कोरिया लकडाउनको अघिल्लो चरणमा छ । होटल, कफी शपहरुले निश्चित मापदण्डको पालना गरी सिमित सेवा मात्रै दिइरहेका छन् । काम छोडेकाहरुले पनि तुरुन्तै नेपला फर्किन सम्भव नभएकोले हामीले निःशूल्क खाने र बस्ने व्यवस्था गरेका हौं” कुँवरले अनलाइन डबलीसँग कुरा गर्दै भने ।

राजधानी सोलभन्दा करिब ३ सय किलोमिट टाढा रहेको कुँवरले संचालन गरेको दुर्गा रेष्टुरेन्टमा दैनिक १५ जनालाई अहिले निःशूल्क बस्ने र ६ हजारमा खाने व्यवस्था छ। पुनः फर्केर आउनेलाई खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको रेष्टुरेन्ट व्यवस्थापनले जनाएको छ । “राजधानी सोलबाट दक्षिणमा पर्ने यो ठाउँमा काम गुमाएका नेपाली दाजुभाई तथा दिदीवहिनीको सेवाको लागि व्यवस्था गरेका छौं । अहिले रेगुलर १२ देखि १५ जना नेपालीहरुले सेवा पाइरहनुभएको छ । आवश्यकताअनुसार यो यसलाई बढाउने छौं” कुँवरले भने । रेष्टुरेन्टमा वाइफाई र तातोपानीको समेत व्यवस्था छ । कुँवरले समस्या परेका नेपालीहरुलाई ०५५३३५४७८६/०१०२२९७६५४७/०१०६६६८३८१२ नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

एनआरएनको एसिया प्यासिफिक क्षेत्रको सहसंयोजकको जिम्मेवारी पूरा गरिसकेका म्याग्दीका कुँवरले कोरोनका कारण नियमित उडानबाट नेपाल फर्किन नपाएकाहरुलाई चाचर्ड उडानमार्फत पठाई पनि रहेका छन् । कुँवरले संचालन गरेको केएमई ट्राभल्स एण्ड टूर कम्पनीमार्फत कोरियामा अलपत्र परेका नेपालीको उद्दार गर्न लागिरहेका छन् ।

कुँवरले कोरोना नियन्त्रणमा नेपाल सरकारले कुनै सिस्टम बनाउन नसकेको बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाललाई प्राप्त समय भएपनि काम गर्न नसकेको बताए । कोरियाको अनुभव सुनाउँदै कुँवरले स्वास्थ्य सेवालाई चुस्तदुरुस्त राखेर, निश्चित मापदण्डमा बनाई जनतालाई सचेत गराउँदै कोरोना नियन्त्रण गर्न सम्भव भएपनि सरकारले लकडाउन र निषेधाज्ञाको विकल्प प्रयोग गरेको बताए ।

कोरियाले विना लकडाउन कोरोना नियन्त्रण गरेको बताउँदै केही नेपालले कोरियालगायतका केही देशहरुबाट सिक्नुपर्ने धारणा राखे । नेपालमा लकडाउनपछि सबै एकै पटक खोलेपछि कोरोना समुदायमा पुगेको बताउँदै अब नियन्त्रण गर्न गारो हुन सक्ने बताए । उनले कोरोना नियन्त्रण गर्न नागरिकलाई सचेत बनाएर मात्रै सम्भव हुने कुँवरले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal