आज :

गण्डकी प्रदेशका प्रमुख डिआईजी अर्यालसहित २ हजार प्रहरी कोरोना संक्रमित

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार बढी प्रहरी संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालयसहित देशका विभिन्न स्थानमा सुरक्षामा खटिएका २ हजार भन्दा प्रहरीमा कोरोना संक्रमण भएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालसहित दुई हजार प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार कन्ट्याक ट्रेसिङका आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको हो ।

नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएपछि सुरक्षामा खटिएका अन्य प्रहरीमा पनि कोरोना संक्रमणको आशंका बढेको छ ।

आइतबार चितनवको नारायणगढ वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सहित चार जनामा कोरोना पुष्टि भएको छ । कार्यालय प्रमुखसहित २ जना प्रहरी अधिकृत, एक जना प्रहरी जवान र एक जना भान्सेमा संक्रमण पुष्टी भएको बताइएको छ ।

जेठ पहिलो हप्ता प्रहरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार आइतबारसम्म आइपुग्दा २ हजार १६१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९५० जनाले जितेर डिउटीमा फर्किएका छन् ।

प्रवक्ता कडायतले काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएको बताए । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ संक्रमित रहेको जनाइएको छ । जसमा ३१८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ७१ जना प्रहरी अझै उपचारमै रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal