आज :

उपत्यकामा ३५४ सहित थप ९८० जनामा कोरोना संक्रमण, ज्यान जानेको संख्या २८९

काठमाडौं । नेपालमा थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर ९८० जना थप संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

त्यसैगरी आइतबार थप ९ जनाको ज्यान गएको पुष्टि भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१–२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११–११ जना, धनुषा, धादिङ र बझाङका १०–१० जना, रौतहटका ८ जना, दोलखा र तनहुँका ७-७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६–६ जना, सर्लाही, गोरखा र जुम्लाका ५–५ जना, कपिलवस्तु र प्युठानका ४–४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३–३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २–२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि क्वारेन्टिमा बसेका छन् । परिवारकै सदस्यमा कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal