आज :

चितवन मेडिकल कलेजमा एक पुरुषको कोरोना सङ्क्रमणबाट निधन

काठमान्डौं । चितवन मेडिकल कलेजमा एक पुरुषको कोरोना सङ्क्रमणबाट निधन भएको छ । अस्पताललमा उपचारको क्रममा उनको निधन भएको हो । निधन हुने पुरुष भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको आज बिहान उहाँको ८ बजे निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताएको छन् ।

अस्पतालका सञ्चार सयोजक हरि बोहोराका अनुसार उनमा छाति र श्वासप्रश्वासमा समस्या थियो । ति वृद्धको भदौ १२ गते अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनको कोरोना परिक्षण गर्दा भदौ १३ गते सक्रमण भएको पुष्टि भएको हो । त्यसपछि उनलाई अस्पतालको कोभिड सघन उपचार कक्षमा भेण्टिलेटरको सहायतामा राखेर उपचाररत थियो ।

यसैबिच नेपालमा शनिबार थप ९ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको जानकारी दिएका थिए ।

त्यस्तै शनिबार कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन चारजनाको ज्यान गएको छ । शनिबार विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक(एक जना पुरुषको ज्यान गएको पुष्टि भएको थियोे ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ हजार जनाभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यका ४०८ सहित देशभर थप १ हजार ४१ कनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्ले समय नेपालमा कोरोना जितेर घर फर्किने बढ्दै गएका छन् । पछिल्लो हप्तामा निको हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप १ हजार ५६६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

देशका विभन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal