आज :

खुशीको खबरः रसियाले बनाएको खोपले कोरोनाविरुद्ध शतप्रतिशत प्रतिरोधी क्षमता बढायो

काठमाडौँ । रसियाले निर्माण गरेको कोभिड–१९ खोप (स्पुतनिक–५) ले प्रारम्भिक चरणका सबै सहभागीमा शतप्रतिशत एन्टीबडी विकसित गर्न सफल भएको छ । दुई वटा परीक्षणमा सहभागी सबैमा विना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविद्ध मानिसको शरीरमा शतप्रतिश प्रतिरोधी क्षमता विकास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी सफलतापूर्वक विकास गरेको छ । उसले दुई वटा परीक्षणमा सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकास गरेकोमा उल्लेख गरेको छ ।

“४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीमा एन्टीबडी बनाएको पाइयो” पत्रिकाले लेखेको छ । योसँगै अमेरिकालगायतका देशहरुले रसिया खोपबारे गरिएका आशंका र टिप्पणी झुट भएको देखाएको छ ।

रुसले यसै वर्षको जुन–जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण थालेको रसियाले अगस्टमा भने दुई मात्राको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो । कोरोनाविरूद्धको खोप तयार पारेर आमप्रयोगका लागि अनुमति दिने रुस विश्वको पहिलो मुलुक हो । रुसको यो सफलतापछि अमेरिका र केही पश्चिमा देशहरुले टिकाटिप्पणी गरेका थिए । यस्ता टिप्पणीलाई रुसले रिस र जलन भएको बताउँदै आएको थियो ।

त्यसैगरी उक्त जर्नलले कोभिड १९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक पर्ने पनि औल्याएको छ ।

खोपबारे गरिएका टिप्पणीबारे रुसका एक वरिष्ठ अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले विदेशी आलोचकका लागि राम्रो जवाफ भएको जनाएका छन् । यो सफतासँगै रुसले ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण शुरु गरेको जनाएको छ ।

जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याक्सिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बारजीभले प्रारम्भिक परीक्षणको नतिजालाई उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।
यसैबीच रसिया र इरान तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ । रुसका लागि इरानी राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध-सरकारी समाचार संस्थाले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको हो । इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए । जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेका थिए । दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal