आज :

एकैदिन १४ जनाले कोरोनाबाट ज्यान गुमाए, जम्मा ज्यान गुमाउने २७१ पुगे

काठमान्डौंै । शुक्रबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाभाइरसबाट  थप १४ जनाको ज्यान गएको पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् ।

आजको ज्यान गुमाउने सहित कुल ज्यान गुमाउनने संख्या २ सय ७१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौंका ३ जना महिलाको पनि ज्यान गएको पुष्टि भएको छ । हाल सम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको कोरोनाबाट ज्यान गईसकेको छ ।

त्यस्तै आज नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या १३५९ पुगेको छ । जसमा पुरुष ८९५ रहेका छन् भने महिला ४६४ रहेका छन् । यो सहित अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४२३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले शुक्रबार काठमान्डौ उपत्यकामा थप ४५४ जना सक्रमित थपिएको जनाएको छन् । २४ घण्टामा काठमान्डौमा ३८६ जना , ललितपुरमा र भक्तपुरमा ३२ जनामा देखिएको छ ।

शुक्रबार २४ घण्टामा थप १३५४ जना कोरोना जितेर घर फर्किएको छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।
आज कोरोना मुक्त हुने देशका विभिन्न स्थानका अस्पतालबाट भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १८४०७ रहेको छ ।
यसअघि बिहिबार बिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले थप ६ जनाको ज्यान गएको बताएका थिए । तीनिहरु २ जना पुरुष र ४ जना महिला रहेका थिए ।

बिहिबार देशभर कोरोना भाइरसका थप १२२८ जना नयाँ संक्रमित थपिएका थिए । जस मध्ये ८३४ पुरुष र ३९४ महिलामा भएको पनि मन्त्रालयले जनाएको थियो ।
त्यसैगरी बिहिबार काठमान्डौमा थप ४४३ जनामा कोरोना भाईरस संक्रमण देखिएका थिए । ती मध्ये काठमान्डौ जिल्लमा ३५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएको छन् ।

बिहिबार गत २४ घण्टामा गरिएको १३ हजार ४१३ पीसीआर परीक्षण गरिएको थियो । भने ९१७ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal