आज :

कोरोनाबाट २५७ जनाले ज्यान गुमाए, बिहिबार थपिए देशभर १२२८ जना, संक्रमितको संख्या ४२ हजार ८७७ पुगे

काठमान्डौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका  प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने पछिल्लो २४ घण्टामा थप ६ छन् । तीनिहरु २ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै हाल सम्म २५७ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप १२२८ जना नयाँ संक्रमित थपिएको बताएका छन् । ती मध्ये ८३४ पुरुष र ३९४ महिलामा भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

त्यसैगरी बिहिबार काठमान्डौमा थप ४४३ जनामा कोरोना भाईरस संक्रमण देखिएका  छन्। ती मध्ये काठमान्डौ जिल्लमा ३५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएको छन् ।

डा.गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

आज गत २४ घण्टामा गरिएको १३ हजार ४१३ पीसीआर परीक्षण गरिएको थियो । आज ९१७ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन् । हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भइसकेका छन्।

हाल देशभर १८ हजार ४१३ सक्रिय संक्रमित छन् । ती मध्ये १० हजार ६७१ जना संस्थागत तथा ७ हजार ७४२ होम आइसोलेसनमा छन् । हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा जानकारी दिए ।

त्यस्तै हिजो नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले पछिल्लो देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका बताएका थिए । तिनीहरु मध्ये ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि थिए ।

त्यस्तै गरी हिजो नै काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा परिक्षण गरिदै आएको छ । हिजो सक्रमित हुने काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जना भएको मन्त्रालयको  प्रवक्ता गौतमले जानकारी दिएका थिए ।

हिजो कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । पछिल्ले समय हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण ज्यान गईरहेका मन्त्रालयले बताएको छ । हिजो मात्र १११२ जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal