आज :

सरकारको निर्णयविरुद्ध केमसनः त्रिपुरेश्वारका पसल बन्द गर्न उर्दी, कालोबजारी गर्ने षड्यन्त्र

काठमाडौँ । रसायन तथा मेडिकल आपूर्ती संघ, नेपाल (केमसन) ले सरकारको निर्णयविरुद्ध सर्जिकल तथा मेडिकल सामाग्री बिक्री बितरण गर्न रोक लगाउने निर्णय गरेको छ । केमसनले बुधबार सूचना जारी गरेर काठमाडौंको त्रिपुरेश्वार क्षेत्रका कोरोना प्रतिरोधी स्वास्थ्य सामाग्रीको व्यवसाय गर्दै आएका पसलहरु सरकारको नियम विपरित बन्द गर्न उर्दी जारी गरेको छ ।

त्रिपुरेश्वार क्षेत्रमा कोरोना बढेको भन्दै केमसनले सार्वजनिक रुपमै विज्ञप्ति निकालेर  सर्जिकल तथा स्वास्थ्य व्यवसायीहरुलाई जबरजस्ती पसहरु बन्द गर्न उर्दी जारी गरेको हो । केमसनका महासचिव विनोद मानन्धरले विज्ञप्ति जारी गर्दै विहान ११ बजेबाट साँझ ५ बजेसम्म मात्रै पसल खोल्न उर्दी जारी गरेका हुन्।

जबकी सरकारले स्वास्थ्य सामाग्रीलाई अत्यवश्कीय सेवा भन्दै लकडाउन र निषेधाज्ञाबीच संचालन गर्न भनेको छ । केमसनले सरकारको निर्णयविरुद्ध  अत्यवश्कीय सेवालाई बन्द गराउन खोजेको त्रिपुरेश्वारका व्यवसायीहरुले बताएका छन् ।

सार्वजनिक सूचनामा केमसनले त्रिपुरेश्वर क्षेत्रमा समेत भारी संख्यामा कोरोना संक्रमित देखा परेको भन्दै सो क्षेत्रका व्यवसायीहरुलाई विहान ११ बजेबाट ५ बजेसम्म मात्रै संचालन गर्न भनेको छ । जबकी जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार तुलनात्मक रुपमा त्रिपुरेश्वरमा कोरोना संक्रमित कम छन् ।

सोमबार दिउँसो एक समूहले सो क्षेत्रका पसल खोलेको भन्दै व्यवसायीहरुमाथि हातपात गर्नुको साथै पसल तोडफोड गरेको थियो । उक्त समूहलाई केमसनका पदाधिकारीहरुले नै प्रयोग गरेको अन्य व्यवसायीहरुले आरोप लगाएका थिए । उक्त आरोपलाई पुष्टि गर्ने गरी केमसनले विज्ञप्ति जारी गरेको छ । कोरोना प्रतिरोधी स्वास्थ्य सामाग्री थोक तथा खुद्रा बिक्री गरिरहेका पसल बन्द गर्न लगाउनु आपत्तिजनाक  भएको भन्दै व्यवसायीहरुले त्यसको प्रतिवाद गर्ने बताइरहेका छन् । कृतिम अभाव सिर्जना गरी कालोबाजरी गर्न केमसनले पसल बन्द गराउन खोजेको आक्रोसित व्यवसायीहरुले आरोप लगाएका छन् ।

केमसनमा आवद्ध केही व्यवसायीहरुले कृतिम अभाव सिर्जना गरी स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्न पसल बन्द गराउन सूचना जारी गरेको व्यवसायीहरु बताउँछन् ।

सोमबार गुण्डाहरुले  पसल बन्द गराएपछि सो क्षेत्रमा प्रहरी पुगी पसलहरु संचालन गर्न आग्रह गर्दै सुरक्षा दिने बताएको थियो । तर, केमसनले सरकारलाई चुनौती दिँदै पसल बन्द गर्न उर्दी जारी गरेको छ । केमसनको निर्णयसँगै त्रिपुरेश्वरमा तनाव उत्पन्न हुने देखिएको छ ।

केमसनमा अवद्ध व्यवसायीहरु नै कालोबाजरी, करछलीको आरोप लागेको छ । आरएस भण्डारीको ओम सर्जिकलमा राजस्व विभागले छापा हानेको थियो । भण्डारीले सम्झौताअनुसार सरकारलाई समयमै स्वास्थ्य सामाग्री दिन नसकेपछि विवाद आएका थिए ।

केमसनकै अध्यक्ष सुरेश घिमिरे लगायतका केही व्यवसायीले करछली गरेको भन्दै राजस्व विभावले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । स्रोतले बताएअनुसार घिमिरेले करछलीसँगै कालोबजारी गरेको भन्दै वाणिज्य विभागले पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal