आज :

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, बुधबार उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमान्डौ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ । आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सम्पन्न भर्चुअल बैठकले निषेध आदेश एक हप्ता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।

त्यस्तै काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको हो । आज सक्रमित हुने काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जना भएको मन्त्रालयको प्रबक्ता गौतमले जानकारी दिएको छन् ।

आज कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । आजको सहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । त्यसैगरी यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण ज्यान गईरहेका मन्त्रालयले बताएको छ ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छन् ।

आज १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

अाज  पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका बताएको छन् । तिनीहरु ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal