आज :

नेपाल टेलिकमले सस्तो मुल्यको इन्टरनेट ‘ह्याप्पीलर्निङ प्याक’ दिने, बिध्यार्थिहरुले सेवा यसरी लिनुहोस्

काठमान्डौं । नेपाल टेलिकमले सस्तो मुल्यको ‘ह्याप्पीलर्निङ प्याक’ दिने बताएको छ । इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता गरी यो सेवा दिने भएको हो ।

ह्याप्पीलर्निङ प्याक’ सो प्याकेजका प्रयोगकर्ताले रु. ३१५।(मा २४ जीबी र रु. ५००।(मा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने बताएको छ । यसैगरी ३५ जीबीडाटाप्याकेजमा ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने उल्लेख रहेको छ ।

ह्याप्पीलर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवा मार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

यो सेवा लिनको लागी नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक रञ्जितलोहियालाई सह–प्रवक्ता तोकिएको छ । उहाँलाई सेवा मोबाइलस् ९८५१०१५७६६, फोनस् ०१४२१०२९६, सुचारु गराउन सम्पर्क गर्न भनिएको छ ।

कोभिड–१९ महामारीका कारण सिर्जित हालको कठिन परिस्थितिमा प्रचलित शैक्षिक प्रणालीबाट विमुख हुनु परेका नेपाली विद्यार्थीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र प्याब्सनबीच सम्पन्न भएको सम्झौता अनुसार यो ब्याकेज दिने टेलिकमले बताएको छ ।

भदौ १५ गते सम्पन्न भएको उक्त सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पीलर्निङ प्याक सहज रुपले रुपले प्रयोग गर्न सक्ने बताएको छ । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गर्नुभएको थियो ।

सो सम्झौताअनुसार नेपाल टेलिकमको ‘ह्याप्पीलर्निङ प्याक’प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने भनेको छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची मा इमेल मार्फत पठाउनु पर्नेछ ।

यसका साथै विद्यार्थीहरुले कलेजको सहायताबिना नै आफै नेपाल टेलिकमको वेबसाइट मा गएर आवश्यक विवरण लेखी ह्याप्पीलर्निङ प्याकलिनका लागि रजिष्ट्रेसन गर्न सक्ने उल्लेख गरिएको छ ।
ह्याप्पीलर्निङ प्याकज पयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा आबद्ध रहनु भएका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal