आज :

विश्वलाई चकित पार्ने उत्तरकोरियाली समाजवादमा त्यस्तो के छ ?

काठमाडौं । केही दुश्मन देशहरु र तिनीहरुको सेनाहरुले, उत्तर कोरियाली प्रजातान्त्रिक सेनामा विभिन्न आरोप तथा प्रतिबन्धहरु लागाए तर प्रतिबन्धको बीचमा पनि जनवादी गणतन्त्र कोरिया (उत्तरकोरिया)ले एकपछि अर्काे ठूलो सफलता पाइरहेको छ । देशको क्षमता र अर्थब्यवस्थामा पनि एकपछि अर्को निरन्तर सफलता प्राप्त गरिहेको छ ।

के ले गर्दा यो सानो देश कसैले जित्न नसकिने भएको छ ?

सबैभन्दा पहिले त्यहाँका सबै जनताहरु महान् नेताहरूद्वारा निर्देशित गरिएको छन् । उनिहरु क्षेत्र, जनसंख्या र आर्थिक अवस्थाले देश शक्तिशाली र कमजोर हुन्छ भन्नेमा विश्वास गदैनन् । पहिले कोरियामा सा’म्राज्यवादी जापानले ४० बर्षसम्म उपनिवेश कायम गरी सैनिकहरु कब्जा र अधीनमा राखेर शासन गरेको थियो । त्यसपछि १९५० देखि १९५३ सम्म औपनिवेशिक शासन हटाउन साम्राज्यवादी जापानलगायतका देशहरुबिरुद्ध कोरियाले घमासान युद्ध लड्नु परेको थियो। त्यस बेलादेखि दशौं बर्षसम्म कोरियाली जनताहरुले दुश्मनहरुबाट धेरै किसिमका कठिनाइहरू तथा दुःखहरुलगायत निरन्तर खतरा सामना गर्नु परेको थियो । त्यसलाई रोक्नको लागि कोरियाली जनता र नेताहरु निरन्तर लागिरहेको थिए । फलस्वरुप कोरियाली नेताहरूको नेतृत्वमा जनताहरु एकजुट भई समाजवादको निर्माण गरे र हालसम्म रक्षा गरेका छन् । अहिले उनीहरूलाई त्यस्तो देश निर्माण गरेको छन् जुन बिश्वको कुनैपनि बलले आक्रमण गर्ने आँट गर्दैन ।

बर्तमान अवस्थामा उत्तर कोरियाको राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उन, यो आधुनिक युगमा विश्वको सबैभन्दा प्रतिष्ठित राजनीतिक नेताको रूपमा आएका छन् । उनि राजनीतिममा आफ्ना पूर्वराष्ट्रपति किम इल सुङ र जनरल किम जोङ इल कै बाटोमा अगाडि बढाइरहेका छन् ।

किम जोङ उन विचारधारा र सिद्धान्तको अतुलनीय ब्यक्तित्व हुन्, उनि एक आकर्षक राजनीतिज्ञ तथा एक उच्चस्तर बिचारधारका महान् ब्यक्ती हुन् । उनमा जनता उन्मुख नेतृत्वको कला, एक बहुमुखी राजनीतिज्ञको कला छ । उनि त्यस्तो मानिस हुन जसले असफलता बिना नै कुनैपनि कार्य कार्यान्वयन गर्दछन् ।

उन एक उत्कृष्ट कमाण्डर असीमित साहस र चतुर र दृढ र साहसी स्वभाव र आफ्नो राष्ट्रको प्रतिष्ठाको सर्वोच्च रक्षक हुन भन्ने नबुझेर विश्वको मास मिडियाले उसले के योजना बनाएको छ भनेर टिप्पणीको गर्ने मात्र हो । उत्तर कोरियाको तथ्य इतिहास र वास्तबिकता के हो भने, यदी एक महान् नेता देशमा छ भने देश साना भए पनि शक्तिशाली हुन सक्छ ।

दोस्रो, कोरियाली जनताले आफ्ना नेतासँग एकल हृदयको एकता हासिल गरेको छन् । एकल मनले संयुक्त रुपमा जनताहरुले सर्वोच्च नेता उन मार्फत तिनीहरूले अभूतपूर्व शक्ति र चमत्कारी घटनाहरुसँग आफ्नो देशको प्रतिष्ठा प्रदर्शन बिश्वमाझ गरिरहेको छन् ।
कोरियाली सत्तारुढ मजदुर पार्टी र जनता, जसले कोरियाली शैलीको समाजवादको व्यवहारिकता रूपमा काम गर्दैछन् । नेताहरूले जनताको स्नेहा पाएको छन् । जनताको एकता आधारले नै एक्लै नेताको समाजवादी काम गर्न सकेको छ ।

उत्तर कोरियाली शैलीको समाजवाद, त्याहाँका पुर्व राष्ट्रपति किम इल सुङ र जनरल किम जोङ इल निर्देशित “जनताहरु मेरा भगवान हुन्”भन्ने अवधारणामा केन्द्रित छ । त्यसैको आधारमा सर्वोच्च नेता किमले जनतालाई माया गर्दै राजनीतिलाई धन्यवाद दिँदै विकास गर्दैछन् ।

उत्तर कोरियाली जनताको एकल हृदयको एकताले आफ्नो नेताको विचारधारा र नेतृत्वको रक्षा र समर्थन गर्दछन् । उनीहरूले देशको सार्वभौमिकता र प्रतिष्ठाको सधै इज्जत गर्छन् र आफ्नो राष्ट्रको सुरक्षामा सधैँ अडिग रहन्छन् । उनिहरु एक लयका साथ, उत्तर कोरिया सधै बिजयी रहने एकिकुत शक्तिमा जुटिरहन्छन् ।

तेस्रो, कोरियाली जनताले समाजवादलाई आफ्नो जीवनको रूपमा मूल्यवान मानेको छन् । जब १९९० मा बिश्वका धेरै देशमा समाजवादको पतन भयो तर उत्तर कोरियाले यसलाई बचायो र यसको विकास गर्यो । यो तथ्यबाटै श्रेयस्कर छ कि कोरियालीशैलीको समाजवाद जनता केन्द्रित छ ।

किम जोङ उन सधैँ आफ्ना पूर्वजहरूको जनता भगवान हुन् भन्ने बिचारलाई अगाडि बढाउँदै सधैं आफ्ना जनताको हितको लागि चिन्तित हुन्छन् । जनताहरु के बोल्छन् ध्यानपूर्वक सुन्छन् र उनीहरूको विचार र माग पार्टी र राज्यको नीतिमा झल्किन्छ भन्ने कुरा सुनिश्चित गर्दछन् । र व्यक्तिको चासो र बिचारलाई प्राथमिकता दिन निरन्तर लागिरहन्छन् । त्यसैले यो एकदम स्वाभाविक छ कि कोरियाली जनताले समाजवादलाई आफ्नो जीवनको रूपमा मूल्यवान मान्दछन् ।

चौथो, तिनीहरूको अग्रिम प्रोपेलेन्ट आत्मनिर्भरता हो । कोरियाली क्रान्तिको इतिहास भनेको आत्मनिर्भरताको बलमा अग्रसर र उन्नत हो । आत्मनिर्भरताको भावनाबाट प्रभावित कोरियाली जनताले आफ्नो देशको स्वतन्त्रता हासिल गरे । उत्तरपश्चात पुन र्निर्माणमा विजयी भए र समाजवादी औद्योगीकरणको अनुभूति भयो । जसले उनीहरूलाई स्वतन्त्र अर्थव्यवस्थाको ठोस आधार र बलियो आत्मरक्षा क्षमतासहितको समाजवादी देशको रूपमा निर्माण गर्यो् ।

विरोधी देश तथा सेनाले प्रतिबन्ध लगाउने चरम कदमहरूको सामनाबीच पनि यो देशले एकपछि अर्को उल्लेखनीय सफलताहरू हासिल गरिरहेको छ । दिनप्रतिदिन जनताको जीवनस्तरमा सुधार ल्याउँदैछ । यो आफ्नो देश बिकासको लागि बिश्वसामु क्षमताको प्रदर्शन गरिरहेको छ । आत्मनिर्णयको भावना प्रदर्शन गर्दै यथार्थमा, कोरियाली जनताले विज्ञान र प्रविधि विकास गर्न र अर्थव्यवस्थाको निर्माणमा नवीन र चमत्कारी सफलताहरू हासिल गर्दैछन् । यसरी उनीहरूले प्रतिबन्धका बाबजुत पनि शत्रुको चाललाई विफल तुल्याइरहेका छन् ।

त्यसैले त रोयटर्स, बेलायतको स्वतन्त्र रिर्पोटहरु तथा पश्चिमी जनसंचार माध्यमहरूले उत्तर कोरिया कडा निषेधमा भएपनि देशको अर्थव्यवस्था विकास भइरहेको तथ्य सार्वजनिक गरिरहेको छन् । त्यस्तै उत्तर कोरियाली अर्थव्यवस्था उच्च दरले विश्वलाई प्रशंसाको साथ आकर्षित गरिरहेको छ ।

  • नोटः नरेश बिश्वकर्माले अनुबाद गरेका हुन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal