आज :

मेयर शाक्यसहित काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उत्यका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच आजै काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मेयर शाक्यसँगै श्रीमतिको पनि स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । तर, श्रीमतिलाई भने कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

यसैगरी मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वार गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलबारसम्म देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेका छन् भने निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट थप ७६८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

त्यसैगरी थप ११ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४ वर्षीया बालिकासहित थप ११ जनाको निधन भएको जानकारी दिए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जना, पर्साका ३ जना र काठमाडौंका २ जनाको कोरोनाका कारण निधन भएको गौतमले जानकारी दिए । त्यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत निधन भएको छ ।

यसैबीच कोरोना सक्रमणबाट पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाभाइरस कोरोनाबाट ज्यान गएको हो । ७० वर्षीय चालिसेको  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चालिसेलाई ५ दिनअघि अर्थात भदौं ९ गते अस्पताल भर्ना भएका उनलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी चालिसेका श्रीमती, एक छोरा र तीन छोरी छन् । चालिसे २५ असार २०७० मा ६३ वर्षे उमेरहदका कारण तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए । ५ भाइको परिवार सहित उनिहरु एउटै कोलोनीमा बस्दै आएका थिए।

काठमाडौं महानगरपालिका ३ का अध्यक्ष दीपक केसीलेले दिएको जानकारी अनुसार नेपाली सेनाले चालिसेको शव व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal