आज :

काठमाडौंमा एकैदिन ४८१ जनामा काेराेना संक्रमण, ९६ प्रतिशत स्थानीय संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिएका बताएको छन् । आज काठमाडौंमा ३९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जनाएका छन् ।

त्यसैगरी आज थप ११ जनाको ज्यान गएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट गुमाउने संख्या २३९ पुगेको प्रवक्ता गौतमले बताए ।

आज ७६८ जना कोरोना संक्रमण जितेर घर फर्किएको छन् । यससँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २२१७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै नेपालमा हाल सम्म १८११२ जना सक्रिय संक्रमित रहेका छन् । जस मभ्ये १०८३२ जना संस्थागत आइसोलेसनमा र ७२९० जना होम आइसोलेनसमा राखिएको छन् । त्यसैगरी क्वारेन्टिन्मा ७३९० जना रहेका छन् । आज १२०८८ वटा नमुना परीक्षण गरिएको छ ।

आजको मन्त्रालयको ब्रिफिङमा जनस्वास्थ्य विद डा. सुरेश तिवारीले अब नेपालमा कोभिड १९ संक्रमण समुदायको चरणमा पुगेको बताएका छन् । अहिले ९६ प्रतिशत स्थानीयमा संक्रमण भएकाले समुदाय चरणमा प्रवेश गरेको जानकारी दिएको छन् ।

त्यसैगरी नेपालमा संक्रमण सुरुवाती दिनमा विदेशबाट आएकामा मात्रै भएको भए पनि अहिले भने त्यो अवस्था नरहेको बताए। उनले समुदायमा संक्रमण फैलिसकेकाले अबको परीक्षण निकै वैज्ञानिक र लक्षित व्यक्तिलाई गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal