आज :

स्वास्थ्य र सुरक्षाकर्मी निराश पार्ने ओली सरकारको जग हल्लिदैछः महासचिब बुढाथोकी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिब कर्णजित बुढाथोकी‘सुशील’ले कोरोना विरुद्धको लडाइमा अग्रमोर्चामा खटिरहेका स्वस्थ्य तथा सुरक्षाकर्मीहरुको मनोबल उकास्नुको साटो सरकारले उनिहरुलाई निराश बनाउनुले सत्ताको जग कमजोर हुने मुख्य आधार बन्दै गएको बताएका छन् ।
नेपालमा आक्रामक बन्दै गएको कोभिड–१९ले महामारीको अवस्थालाई रोकथाम तथा नियन्त्रणको सन्दर्भमा सरकारको कार्यशैली जनविरोधी भएको भन्दै महासचिब बुढाथोकीले त्यसको नियन्त्रणका लागि राष्ट्रिय एकताको अपरिहार्यतासमेत औंल्याएका छन् ।

प्रेस सेन्टर नेपालद्धारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव बुढाथोकीले कोरोनाको सुरुवातदेखि नै यसलाई आधार बनाएर राज्यको ढूकुटीमाथि ब्रह्मलुट गर्ने र आफ्रना आसेपासेहरुको धनको भकारी भर्ने तर जनताको बाँच्न पाउने न्युनतम अधिकारप्रति पनि ख्याल नगर्नुले जनता आक्रोशित भएको बताए । सोहि कार्यको निरन्तरतालाई अझै बढाएको र अझ नेपाली जनताको टाउकोमाथि थप ऋणको भारी बोकाउने तर अग्रमोर्चामा खटिएका सुरक्षा तथा स्वस्थ्यकर्मीको स्वथ्य सेवालाई समेत वेवास्ता गरेकोप्रति रोश प्रकट गर्दै भने,“कहिले तलब र भत्ता नदिने, कहिले वीमाको पैसा नदिने, चिकित्स तथा नर्सहरुको अपमान हुँदा पनि चुप बस्ने अनि राम्रो स्वास्थ्य सामग्रीको पनि ब्यवस्था नगर्ने यस्तो भ्रष्ट ओली सरकारको विकल्प सोच्ने बेला आयो ।”
हुम्लाबाट निर्वाचित पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महाससचिव बुढाथोकीले कोभिड १९ बाट उत्पन्न भएका समस्याहरु, त्यसको नियन्त्रणका लागि स्वास्थ्य, सञ्चार, सुरक्षा लगाएतका निकायले खेलेको भूमिका, आम नागरिकको अवस्थ्य, सरकारले अबलम्बन गरेको रोकथाम नीति र भावि योजनालाई केन्द्रमा राखेर सबै पक्षबीच राष्ट्रिय एकता आवश्यक हुनेमा जोड दिए ।

उनले अहिले सिमित श्रोतसाधन र जनशक्तिले मात्र संक्रमितको उपचारमा काम गरेको भन्दै आफ्नो ज्यान, घरपरिवार, टोलछिमेकको दुव्र्यवहार सहदैं मानव सेवामा खटिएका स्वास्थ्यकर्मिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै प्रसंसा समेत गरे । सरकारको गैह्र जिम्मेवारीपूर्ण नीति र व्यवहारका कारण कोरोना विरुद्ध अग्रपंतिमा रहेर काम गरिहेका स्वास्थ्य, सञ्चार र सुरक्षा निकायको मनोबल घटेको भन्दै उनले आफ्नो पार्टीको तर्फबाट कोरोना विरुद्धको अभियानमा जुटेका सबैप्रति सम्मान तथा अभिनन्दन समेत व्यक्त गरे ।

अहिलेसम्म स्वास्थ्य उपचारका लागि अस्पतालमा क्रिटिकल केश सुपर स्पेलिष्टको दरबन्दी नभएको र त्यसमा एनथ्योसियर चिकित्सकले सेवा दिदै आएको कापरण पनि उपचार प्रकृया प्रभावकारी हुन नसकेको उनको भनाई थियो । उनले विगतका शासक वर्ग र वर्तमान केपी ओली सरकारले स्वासथ्य सेवालाई केही दलाल र माफियाहरुको मागिखाने भाँडो बनाएको भन्दै जनताको स्वास्थ्य सेवालाई निशुल्क र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरे ।

सरकारले अवलम्बन गरेको नीतिले घरेलु हिंसामा बृद्धी भएको, इतिहासमै नभएको सिण्डिकेट, विभिन्न क्षेत्रमा विवियोजित बजेटमा चरम भ्रष्टाचार, तस्करी र सर्वसाधारण नागरिकमाथि अन्यायपूर्ण घटनाहरुले बढवा पाएको उनले आरोप लगाए । जनता यतिबेला सरकारको नीति, प्रशासनको कडाई र जीवन व्यवहारको दोहोरो संकटम भएको भन्दै उनले त्यसका विरुद्ध विभिन्न ठाउँठाउँमा विद्रोह हुने स्थिति आएको बताए । जनताको विद्रोह वा सरकारी नीतिको अवज्ञाको कारण कोरोना विरुद्धको अभियानमा जनतासहितको एकिकृत कार्यक्रम भएन भन्ने हो भन्दै त्यसका विषयमा प्रहरी प्रशासनले सरकरालाई सुझाव दिन सक्नुपर्ने बताए ।उनले निषेधाज्ञा कोरोना नियन्त्रणको समाधान नभएको भन्दै नागरिकको भूमिका र जीवनयापनको विषय समेत जोडिने गरी कोरोना विरुद्धको राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सरकारलाई सुझाव समेत पेश गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal