आज :

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना दखियो, पत्रकार र प्रहरी सहित

काठमान्डौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना दखिएको छ । पोखरामा ११ र तनहुँका ६ जनामा गरी १७ जनामा कोरोना देखिएको हो । सक्रमित हुनेमा पोखरा महानगरपालिकाको वडा नम्बर ४ का २७ वर्षीय २ जना पुरुष छन् ।
ति २ जना सुरक्षाकर्मी हुन् ।
त्यस्तै वडा नम्बर १४ का २५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का एक पुरुष र वडा नं. २९ का एक महिलामा समेत कोरोना देखिएको छ ।

यस्तै वडा नम्बर ५ का ९ वर्षीय बालिकासहित ३२ वर्षीय महिला, वडा नम्बर ७ का २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर १० का ४० वर्षीय महिला रहेकी छिन् । उनी दुवईबाट फर्किएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

तयस्तै कोरोना पुष्टि भएका वडा नं. १३ का दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका हुन् । अन्य दुई जना कन्ट्रयाक ट्रेसिङको आधारमा पहिचान भएका हुन् । उनीहरुमध्ये एक जना पत्रकार रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९०८ पुगेको छ । संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको उनले बताए ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण साता जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६१२ जना घर फर्किएका छन् ।

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा २२४ सहित र नेपालमा थप ७४३ जनामा कारोना देखिएको थियो । यस्तै हिजै ८ जनाको निधन भएको थियो ।नेपालमा अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या हिजो सम्म ३२ हजार ६७८ पुगेको थियो ।

हिजो १७५ जना कोरोना जितेर घर फर्किएका थिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal