News Portal

  • आइतबार थप ८१८ जना काेराेना सक्रमित थपिए, जम्मा सक्रमित ३२ हजार नजिक पुगे

    डबली संवाददाता२०७७ भदौं ७ गते
    २०४ पटक

    काठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार नेपालमा आज थप ८१८ जना थपिएका छन् । यो सहित देशभर कोरोना संक्रमितको संख्या ३१,९३८ जना पुगेको छ ।

    आज काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।ं आज काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै आज थप ३ जनाको कोरोनाबाट निधन भएको छ । योसँगै निधन हुनेको कुल संख्या १४९ पुगेको छ । यस्तैआज थप २८१ जना निको भएको छन् ।
    आजको सहित हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ । हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।

    त्यस्तै िहजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६३४ जनामा संक्रमण पुष्टि भएको िथयाे ।

    िहजाे उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस्