आज :

नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सक सहित १५६ जनामा कोरोना संक्रमण

काठमान्डौं । पछिल्लो समय नेपालमा उग्र गतिमा फैलिएको कोरोना भाईरसल धेरैको ज्यान लिई सकेको छ । यसैबिच आजमात्र बारा र पर्सामा १५६ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सकसहित १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी, भवानी हस्पिटल, नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मी समेत रहेको अस्पतालले बताएको छ ।

संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ७० वर्षसम्मका रहेको सिंहले बताए । पर्सामा हाल सम्म कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् । हालसम्म संक्रमित हुनेको संख्या १ हजार ९ै सय ३५ पुगेको छ ।

यसैबिच शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजो मात्र ६३४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट १४६ जनाको ज्यान गएको थियो ।

हिजै मात्र उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा १२ हजार ६२१ रहेका छन् ।
त्यसैगरी हालसम्म १८ हजार ३५० जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal