आज :

टिकटकले दियो ट्रम्प प्रशासनलाई कानुनी चुनौती, अदालतमा मुद्दा दिने तयारी

काठमान्डौं । टिकटकले ट्रम्प प्रशासनको विरुद्धमा अदालतमा जाने तयारी थालेको छ । भोलि (सेमबार) टिकटकले ट्रम्प प्रशासनको आदेश विरुद्ध अदालतमा मुद्धा गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको जाने तयारी थालेको हो । तर टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भनेकोे छैन ।

टिकटकले दिन लागेको कानूनी चुनौति खासगरी अगष्ट ६ को कार्यकारी आदेशविरुद्ध हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगष्ट ११ मा एक कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय कुनैपनि अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थियो ।

आदेशमा बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल गर्न भनिएको थियो । टिकटक खरीद प्रक्रियामा बाइट डान्सका अमेरिकी लगानीकर्ताहरुसमेत सामेल हुनसक्ने बताइएको थियो । त्यस्तै वाणिज्य मन्त्रालयलाई आगामी ४५ दिनभित्रमा अमेरिकामा बाइट डान्स कम्पनीसँग भइरहेका कारोबार तथा लगानीहरुको विवरण पेश गर्न ट्रम्पले भनको थियो ।

अमेरिकाले युवा तथा किशोर–किशोरी पुस्तामाझ सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप लगाएको थियो । चिनियाँ एपहरुलाई विश्वास गर्नलायक नभएका भन्दै ट्रम्पले यस्तो निर्णय गरेको थियो ।

यता टिकटकले यो आदेश अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कानुन विपरीत रहेको उसको जिकिर छ । साथै आफूलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौति भएको भनेर ह्वाइट हाउसले लगायतको आरोपविरुद्ध पनि उसले अदालतमा उजुरी भनको छ ।

टिकटकले भनेको छ, यसअघि नै अमेरिकी सरकारको आदेशविरुद्ध कानुनी विकल्पबारे अध्ययन गरिरहेको र कर्मचारीहरुले समेत छुट्टै मुद्दाको तयारी गरिरहेका अब अदालत जाने निश्चित भएको जनाएको छ ।

#एजेन्सीको सहयोगमा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal