आज :

कोरोनाविरुद्ध खोप बनिरहेको बेला अमेरिकाले ७५ करोड लामखुट्टे उत्पादन गरेर छोड्दै, चर्को विरोध

काठमाडौँ । विश्वलाई हैरान बनाइरहेको कोरोना भाइरस मानव निर्मित वा प्राकृति ? भन्ने बहस जारी रहेकै बेला अमेरिकाले करोडौं लामखुट्टे उत्पादन गरेर छोड्ने अन्तिम तयारी गरिरहेको छ । कोरोना भाइरस अमेरिकी सेनाले उत्पादन गरेर चीनको वुहानमा छोडेको भन्ने आरोपको विश्वलाई चित्त बुझ्दो जवाफ दिन नसकेको अमेरिकाले लामखुट्टे उत्पादन गरेर छोड्न लागेको हो ।

सिएनएनका अनुसार अमेरिकाले फ्लोरिडा राज्यमा वंशाणुगत संरचना परिवर्तन गरेर उत्पादन गरिएका लामखुट्टेलाई प्रकृतिमा छाड्न पाउने अनुमति दिएको छ । बेलायत र अमेरिकाको लगानी रहेको अक्सिटेक कम्पनीलाई केही महिनाअघि अमेरिकी वातावरणिय निकायले भाले लामखुट्टेलाई वंशाणुगत संरचना परिवर्तन गरेर उत्पादन गर्न अनुमति दिएको हो । उक्त कम्पनीले सन् २०२१ देखि २०२२ सम्म अमेरिकाको फ्लोरिडामा ७५ करोड लामखुट्टे उत्पादन गरेर प्रकृतिमा छोड्ने योजना छ ।

यो लामखुट्टे विश्वमा चुनौतीका रुपमा रहेको जिका, डेङ्गु र जण्डिसलगायतका रोगहरु सार्ने लामखुट्टेहरु कम गर्ने भनिएको छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । परिमार्जित लामखुट्टेहरु वातावरणमा छाड्न लागिएको अनुसन्धानसँग सम्बनिधत कम्पनिले बताएको छ । तर, यसमा विश्वास स्थानीयले गरेका छैनन् । यसरी कृतिम लामखुट्टेको टोकाई झन् घातक हुने केही अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यसैले स्थानीयबासी र वातावरणविदहरुले विरोध जनाएका छन् । कृतिम लामखुट्टेले जिका, डेङ्गु र जण्डिस रोग सार्ने लामखुट्टेको प्रभावलाई कसरी रोक्छ भन्ने कुरा

इन्टरनेश्नल सेन्टर फर टेक्नोलोजी अस्यास्मेन्ट एण्ट सेन्टर फर फूड सेफ्टीका नीति निर्देशक जेडी हान्सनले यो लामखुट्टे मानवको लागि संकट बन्ने भन्दै विरोध जनाएका छन् । उनले विज्ञप्ति जारी गर्दै भने, “अहिले हाम्रो देश तथा फ्लोरिडा राज्यले कोभिड–१९को महामारी, जातीय विभेद, मौसम परिवर्तनजस्ता ठूला संकटको सामना गरिरहेको बेला प्रशासनले लामखुट्टे पैदा गरी छोड्नु बेमौसमी बाजा हो ।” त्यस्तै, स्थानीय अधिकारीकर्मीहरुले प्राकृतिक लामखुट्टेको भन्दा रासायनिक प्रक्रियाद्वारा उत्पादन गरिएका लामखुट्टे मानव र प्रकृतिको लागि घातक हुन सक्ने भन्दै अनुमति रद्द गर्नुपर्ने माग गरेका छन् ।

लामखुट्टे वातावरणमा छोड्न अनुमति पाएपछि अनुसन्धानसँग सम्बद्ध कम्पनीहरु भने उत्साहित भएका छन् । उनीहरुले लामखुट्टेले वातावरणमा रहेका खतरनाख लामखुट्टेहरु नियन्त्रण गर्ने दाबी गरेका छन् । कम्पनीको अनुसन्धानकर्ताहरुका अनुसार छाडिएका परिमार्जित भाले लमखुट्टेले पोथी लामखुट्टेसँगको सम्पर्कबाट अरु लामखुट्टेको उत्पादन गरिने जनाएका छन् । तर, पोथी लामखुट्टेले अण्डाका निम्ति चाहिने आवाश्यक रगत भने मानिसलाई टोक्नेछन् । यसले पनि कम्पनीले दाबी गरेअनुसार प्राकृतिक रुपमा पैदा हुने लामखुट्टेको टोकाईबाट लाग्ने रोग कम नहुने स्थानीय बासिन्दाहरु तथा पर्यावरण संरक्षण एजेन्सीहरु बताउँछन् ।

कोरोना भाइरसबाट देशलाई मुक्त गराउनेको साटो अमेरिकाले करोडौं लामखुट्टेहरु किन वातवरणमा छोड्दैछ ? कम्पनीले दाबी गरेअनुसार मात्रै हो की अरु केही भित्री कारण छ भन्ने कुराको अनुसन्धान हुन जरुरी रहेको स्थानीय सरोकारवालाहरु भनाई छ ।

कतिपयले यसलाई पनि कोरोना भाइरस अमेरिकाले निर्माण गरेको भन्ने कुरालाई विषयान्तर गर्न लामखुट्टेलाई प्रकृतिमा छोड्न लागेको र यसको प्रभाव झन् डरलाग्दो हुने बताएका छन् । लामखुट्टे करोडौं उत्पादन गर्न सक्ने प्रविधिले कोरोना भाइरस पनि उत्पादन गरेको केहीको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal