आज :

शनिबार बिहान पर्सामा थप २ जना कोरोना संक्रमितको निधन

काठमान्डौं । शनिबार पर्सामा थप २ जना कोरोना संक्रमितको निधन भएको छ । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उनिहरुको निधन भएको हो । अस्पतालका अनुसार उनिहरु पर्साको बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष रहेका छन् ।

ति मध्ये बहुदरमाइका ६१ वर्षीय पुरुष मुटु, दम र उच्च रक्तचापका बिरामी थिए । उनको शनिबार बिहान निधन भएको हो । त्यस्तै वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष मृगौला र मधुमेहका बिरामी थिए । उनको हिजो राति निधन भएको थियो ।

दुबै जनाको उपचारको क्रममा निधन भएको नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यसैबिच कोरोनाभाइरस संक्रमणबाट नेपालमा शुक्रबार सम्म ज्यान गुमाउनेको संख्या १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

हिजो मात्र थप ११ जनाका कोरोना संक्रमणबाट ज्यान गएको थियो । हिजो पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जनाले ज्यान गुमाएको जानकारी दिएको थियो । ज्यान गुमाउने एउटा मात्रै महिला थिइन् भने १० जना पुरुषका थिए ।

त्यसैगरी कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै । योसँगै देशभर ३० हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal