आज :

चीनले बनाएको कोरोनाविरुद्धको खोपको तेस्रो परीक्षण यूएईमा, डिसेम्बरसम्म नेपाल आउने

काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले बनाएको खोपको तेस्रो परीक्षण भइरहेको छ । अहिले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब ईमिरेट् (यूएई)मा भइरहेको चिनियाँ फर्मा कम्पनी सिनोफर्माले जनाएको छ ।

खोपको पहिलो परीक्षण सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनमा गरिएको कम्पनीले जनाएको छ । खोपको कुनै दुष्प्रभाव नभएको कम्पनीको दाबी गरेको छ । खोप यही वर्षको अन्तिमतिर विश्व बजारमा आउने कम्पनीले बताएको छ ।

सिनो फार्मका अध्यक्ष लिउले यही वर्षको डिसेम्बर महिनामा खोपलाई बजारमा पठाउने बताए । तेस्रो चरणको परीक्षण सम्पन्न भएपछि खोपलाई व्यवसायीक रुपमा उत्पादन सुरु गरिनेछ । कम्पनीले राजधानी बेइजिङ र वुहानमा दुबै स्थानबाट उत्पादन सुरु गर्ने बताएको छ ।
एकै वर्षमा करोडौं संख्यामा खोप उत्पादन गर्न सक्ने क्षमता आफूसँग भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार खोपको मूल्य एक हजार यूआन पर्नेछ ।

खोपको मूल्य बढी भएकोले आर्थिक अवस्था कमजोर भएका नागरिकले प्रयोग गर्न नसक्ने भन्दै चर्चा भएसँगै पुर्नविचार गर्न सकिने कम्पनीले बताएको छ । यो कम्पनीको मूल्य हो । खोपको अन्तिम परीक्षण सम्पन्न भनिएपछि चीन सरकारले मूल्य, उत्पादन र बजार पठाउनेबारे निर्णय गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

कोरोना महामारी सुरु भएदेखि नै विश्वका विभिन्न देशहरुले खोप उत्पादनको प्रयास गरेका थिए । अहिलेसम्म चीन र रुसले मात्रै आशा लाग्दो सफलता प्राप्त गरेका छन् । यसअघि रुसले खोपलाई राष्ट्रिय मान्यता दिइसकेको छ भने तेस्रो चरणको परीक्षणको तयारी भइरहेको छ । रुसी खोपको लागि अन्य देशहरुले पनि सम्झौता गर्न थालिसकेका छन् ।

चीनले तेस्रो परीक्षण गरिरहेको खोपको लागि पनि विभिन्न देशहरुले सम्झौताको तयारी थालिसकेका छन् । नेपाल सरकारले पनि समयमै पहल गरेमा डिसेम्बरसम्म नेपालीले पनि खोपसहित कोरोनाविरुद्ध लड्न पाउनेछन् । कोरोनाले आक्रान्त भइरहेको बेला चीन र रुसको सफलताले मानिसहरुमा नयाँ आशा पलाएको छ ।

कोरोनाविरुद्धको खोपको पहिलो पटक मानिसमा परीक्षण चिनियाँ जनमुक्ति सेनाले गरेको थियो । जनमुक्ति सेनाको वैज्ञानिकहरुले मानिसमा परीक्षण सफल गरेपछि खोप बन्नेमा विश्वमै आशाको किरण पलाएको थियो । कोरोनासँग जितेको चीनका राष्ट्रपति सी चिनफिङ पटकपटक आफै प्रयोगशालामा पुगेर जानकारी लिइरहेका छन् ।

अन्य देशका राष्ट्र र सरकार प्रमुख कोरोनासँग बच्न लुकिरहेको बेला सी बिरामी भेट्न अस्पताल र खोपबारे जानकारी लिन प्रयोगशालामा पुगिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal