आज :

पूर्वमेयर गिरीको कोरोनाबाट काठमान्डौंमा ज्यान गयो, संक्रमण बढ्न थालेपछि सरकारले यस्तो आग्रह गर्यो

काठमाडौं । जनकपुरका पूर्वमेयर तथा प्रख्यात रामा होटेलका सन्चालक कृष्ण गिरीको  मगलबार राति उपचारको क्रममा काठमान्डौको मेडिसिटि अस्पतालमा कोरोनाबाट ज्यान गएको परिवारिक स्रोतले बताएको छ ।

७३ वर्षीय गिरीलाई १५ दिन अघि कारोना भएको पुष्टि भएको थियो । उनको अवस्था बिग्रिदै गएपछि श्री एयरलायन्सको विमान चार्टर गरी केहि दिन अघि थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

पछिल्लो समय होटेल संचालन र व्यवस्थापनमा बढी सक्रिय गिरी वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर थिए । जनकपुरमा उनको होटेल प्रख्यत छ त्यस्तै उनि तथा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए ।

त्यस्तै यस अघि आज पाटन अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको ज्यान गएकास्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कोरोना संक्रमण भएर उपचाररत उनको ज्यान गएको स्वास्थ्य कार्यालयले बुधबार विहान पुष्टि गरेको हो ।

त्यसै गरी ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । उनको निधनपछि रिपोर्ट आएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै कडाई गरिएपनि संक्रमण झनझन फैलिरहेको छ । कोरोना बढेसँगै उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुनेगरी जात्रा नमनाउन पनि सरकारले आग्रह गरेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal