आज :

थप २२ जनामा कोरोना संक्रमण पुष्टि, चिकित्सक र प्रहरी समेत

काठमाडांै ।  सोमबार (आज) वीरगन्जको नारायणी अस्पतालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा पोखरिया अस्पतालका एक चिकित्सक तथा जिल्ला प्रहरी कार्यालयका ४ प्रहरी सहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले बताएका छन् ।

त्यसै गरी सक्रमितहरु पोखरिया अस्पतालका चिकित्सक सहित तीन स्वास्थ्यकर्मीहरु पनि रहेका छन् । नारायणी अस्पतालको मेडिकल वार्डका एक कर्मचारी र म्यागनस फर्मा औषधि उद्योगका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमितहरु वीरगन्ज ११ श्रीपुरका चार जना, मुर्लीका २ जना, नगवा र छपकैयाका एक एक जना रहेको छन् ।

संक्रमित हुनेमा ४ जना कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गरिएकाहरू छन् । ६ महिलासहित १८ वर्ष देखि ५० वर्ष उमेर समूहका व्यक्ति छन्  । संक्रमितमध्ये दुई जनामा ज्वरो, खोकी र छाती दुख्ने लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal