आज :

कोभिडबाट एकै दिन ५ जनाको ज्यान गयो, उपत्यकामा ८७ सहित देशभर ३६० जना नया सक्रमित

काठमाडांै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कोभिडबाट आज (बुधबार) एकै दिनमा ५ जनाको ज्यान गएको छ । यस्तै काठमाडौं उपत्यकामा आज ८७ जना नया संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् ।

काठमाडौं उपत्यकामा ८७ सहित देशभर आज मात्र ३६० जना नया सक्रमित थपिएका छन् । आजको सगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

आज ज्यान गुमाउने मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा ज्यान गएको हो । त्यस्तै मोरङ्गकै विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको सब परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डौंमा ज्यान गएको हो ।

त्यसै गरी धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डौं मै ज्यान गएको हो । र सप्तरी जिल्लाको रुपनि नगरपालिकाकी ४२ वर्षीय पुरुषको राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा ज्यान गएको हो । यस् सगै ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

देशरभमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९ हजार ४७० रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २३३ जना रहेको छ । आजसम्म १५ हजार ३८९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् । यस्तै आज ६ हजार २९६ जनाको पिसिआर परिक्षण गरिएको छ

प्रेस ब्रिफिङमा नेपालमा जुन रफ्तारमा कोरोना संक्रमित बढेको छ त्यसलाई हेर्ने हो भने अस्पतालले धान्न नसक्ने प्रबक्ता डा गौतमले बताए । त्यस्तै उनले जनस्वाथ्यको मापदण्ड पालना गरी चाडपर्व मनाउन पनि सवैलाई आग्रह गरेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार २८६ रहेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर परीक्षण संख्या ४ लाख १९ हजार ५७५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal