आज :

होम क्वारेन्टाइनमा १ जनाको ज्यान गयो, कोरोना संक्रमणको आशंकामा अन्तिम संस्कार गर्न रोक

काठमाडांै । होम क्वारेन्टाइनमा बसेको ४५ वर्षीय एक जनाको राजबिराजमा ज्यान गएको छ । उनकाे परिवारले बुधबार बिहान शव अन्तिम संस्कार गर्न लाग्दा जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमणको आशंकामा अन्तिम संस्कार गर्न रोक लगाएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने जिल्ला स्वास्थ्य कार्यलय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनि डेढ महिनाअघि मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका रुपनी गाउँपालिका–५ गढियाका हुन । केही दिनदेखि उनमा ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र

दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख यादवले बताए ।

उनका अनुसार उनले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
अहिले ‘स्वाब संकलनका लागि स्वास्थ्यकर्मी खटाइसकिएको पनि यादबले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal