आज :

लेबननमा भिषण विस्फोटन हुदा सयाै जनाको ज्यान गयो, अस्पतालमा खुट्टा राख्ने ठाउँ समेत भएन

काठमाडांै । लेबननको बेरुतमा भिषण विस्फोटन हुँदा कम्तिमा पनि ७८ जनाको ज्यान गएको छ । विस्फोटनमा परी हजारौं मानिसहरु घाईते भएको सिनएनले बताएको छ । एउटा गोदाममा ६ वर्षअघि देखि राखिएको विस्फोटक पदार्थ का कारण यो विस्फोटन भएको हाे । विस्फोटले निकै ठूलो क्षति पुगेको छ । त्यहा कोरोनाभाइरस संकटका कारण भरिभराउ अस्पतालहरूमा विस्फोटका घाइते समेत थपिँदा खुट्टा राख्ने ठाउँ समेत छैन् ।

घाईतेहरुलाई सास फेर्न गाह्रो भएपछि त्यहा रक्तदान गर्न तथा विद्युत् प्रवाह कायम राख्न जेनेरेटर चलाउन पुकारा गरिएका छन् । लेबननलाई विस्फोटले साह्रै आहत बनाएको छ ।

२७ सय टनको अम्मोनियम नाइट्रेट विस्फोटले याे भएको लेबननका प्रधानमन्त्री हसन दियाबले बताएका छन् । उनले विस्फोटमा परी मारिएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । बेरुतमा रहेको अमेरिकी दूतावासले मानिसहरूलाई मास्क लगाउन र घरैभित्र बस्न सल्लाह दिँदै बयान जारी गरेको छ ।

त्यस्तै एक बन्दरगाहमा भएको विस्फोटको असरले निकै टाढाका भवनहरू पनि भत्किएका छन् । विस्फोटका कारण सास फेर्न नै खतरनाक स्थिति रहेको भनी स्थानीयहरू त्रस्त छन् । उक्त पदार्थ रासायनिक मलमा उपयोग गरिन्छ र सुरुङ विस्फोट गराउन पनि प्रयोग हुन्छ ।

बेरुतलाई विपद्ग्रस्त शहर घोषणा गर्न, दुई हप्ताको स‌‌‌कटकाल लगाउन तथा सुरक्षाको जिम्मेवारी सेनालाई सुम्पिन सिफारिश गरेको लेबननको सुप्रिल डिफेन्स काउन्सिलले बताएको छन् ।
बेरुत विश्वविद्यालयको एयरोसोल रिसर्च ल्याबको इन्डिकेटरमा हावाको गुणस्तर बेलुका ७ बजेसम्म राम्रो भइसकेको जनायो । अहिले विभिन्न देशहरूले लेबननलाई सहायता सामग्री पठाउन थालेका छन् ।

स्रोतः एजेन्सी
फाटो स्रोत ः सामाजि सञ्जाल फेसबुकबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal