आज :

नेपालमा १५ हजार २६ जनाले कोरोनासँग जिते, सक्रिय संक्रमितको संख्या ५ हजार ९८३

काठमाडौं । नेपालमा कोरोन जितेर घर जानेको संख्या दिनदिनै बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार १५ हजार २६ जनाले कोरोना जितेर घर फर्किएका छन् । मंगलबार थप ६५ जनाले कोरोना जितेसँगै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

त्यसैगरी मंगलबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या २१ हजार २६ पुगेको छ । मंगलबार सार्वजनिक विवरणका अनुसार अब ५ हजार ९ सय ८३ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरुको विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

लकडाउन खोल्नु अघिको एक हप्तमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर थियो । तर, सरकारले साउन ७ गते रातिबाट लकडाउन पछी अहिले निको हुनेभन्दा दोब्बर बढी संक्रमित थपिएका छन् । लकडाउन खुलेपछि कोरोनाको झिल्को समुदायमा पुगेको छ ।

मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अझैं १० हजार ४५२ लाई क्वारेन्टिनमा राखिएको छ भने ५ हजार ९ सय २५ जना आइसोलेनमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोनाको जोखिममा रहेको काठमाडौंमा मंगलबार सबैभन्दा बढीमा संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३र१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७र७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २र२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपायसामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal