आज :

नेकपा अछामले जबर्जस्ति ब्याज र किस्ता उठाउने माईक्रोफाईनेन्स एजेण्डलाई चेतावनी सहित फिर्ता पठायो

काठमान्डौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अछामले जबर्जस्ति ब्याज र किस्ता उठाउने माईक्रोफाईनेन्स एजेण्डलाई चेतावनी सहित फिर्ता पठाएको छ ।

बिप्लव निकट नेकपा अछामको इन्चार्ज क. नवीन र सचिव क. आखिरले जारी गरेको विज्ञप्तिमा भनिएको छ पार्टीको निर्देशन लाई अटेर गरेर मिति २०७७ साउन २० गतेका दिन एन. आर. एन. भन्ने वित्तीय संस्था (माइक्रोफाईनेन्स) ले मंगलसेन न.पा. १४ कालागाउँमा जनता बाट ब्याज र किस्ता उठाई रहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनी सहित पैसा उठाउन नदिई फिर्ता पठाईएको छ ।

त्यस्तै बिज्ञप्तिमा कोरोना महामारीको कारणले गर्दा जनताको जिवन आर्थिक अभावमा गुज्रिरहेको छ । यस्तो बेला सबै स्थिति सहज नहुदा सम्म हाम्रो पार्टी द्वारा विभिन्न बैंक , वित्तीय संस्थाहरु लाई जबर्जस्ति ब्याज र किस्ता न उठाउन निर्देशन जारी गरेको छ ।

अहिले माईक्रोफाईनेन्स र वित्तीय संस्थाको नाममा जनता वाट १८ देखि २५ ५ सम्म ब्याज असुल्ने र विभिन्न सेवा शुल्कको नाममा गाउँका अशिक्षित र सोझा साझा जनताहरु लाई लुटिरहेका छ्न। यस्ता सम्पुर्ण गतिविधि रोक्न र जनता नसताउन हाम्रो पार्टीले पटकपटक भन्दै आएको छ।

अझै पुनः यस्ता गतिविधि रोक्न सचेत गराउदछौ। अन्यथा अटेर गर्दै गए पार्टी आवश्यक जनकारबाही गर्न बाध्य हुने उल्लेख छ । त्यसै गरी नेकपा जनजिविका, जनतन्त्र र राष्ट्रियताको मुद्दा सहित वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ निरन्तर संघर्षरत रहेको भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal