आज :

रामारोशन गाउँपालिकामा बाढीपहिरो, उपाध्यक्ष रावलको नेतृत्वमा प्रभावित क्षेत्रमा अनुगमन

अछाम । केही दिनदेखिको भारी बर्षासँगै जिल्लाको विभिन्न स्थानहरुमा बाढीपहिरोले क्षति पुर्याएको छ । केही बस्ती नै उच्च जोखिममा परेका परेका छन् । दर्जनौं घरपरिवार बिस्थापित भएका छन् । यसैक्रममा बाढीपहिरोबाट रामारोशन गाउँपालिका पनि प्रभावित भएको छ ।

बाढीपहिरो प्रभावित र उच्च जोखिममा रहेका बस्तीको क्षतिको विवरण संकलन गर्न र पुर्नस्थापनाको लागि गाउँपालिकाले अनुगमन जारी राखेको छ । पाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा सर्वदलीय अनुमगन टोली पहिरो र उच्च जोखिम रहेका स्थानमा पुगेको छ ।

सबैभ्नदा बढी गाउँपालिकाको वडा नम्बर-५ को अल्याडीको पूरै गाउँ नै पहिरोको जोखिममा रहेको छ । बाढीपहिरोबाट पूरै अल्लेडी प्रवाभित भएको छ । करिब २ हजार जनसंख्या रहेको अल्लेडीका ४२ घर परिवार बिस्थापित भएका छन् । वडा नम्बर ५ कै नेटाकोटमा ४, जिउनेरामा ३ परिवारले ‍बिस्थापित भएको अनुमगन समितिले जनाएको छ ।

अनुगमन टोली प्रमुख तथा गाउँपालिकाकी उपाध्यक्ष रावलका अनुसार वडा नम्बर ४ बाटुलासेनमामा पनि १ घर पूर्ण रुपमा क्षति भएको छ  भने २१ घर उच्च जोखिममा रहेका छन् । त्यस्तै, १६ परिवारले घर छोडेका छन् । त्यसैगरी वडा नम्बर ६ भटाकाटिया बाढीपहिरोले प्रभावित भएको छ । दुईट घर पूर्णरुपमा क्षति भएका छन् । बाढीपहिरोले गाउँपालिकाका धेरै ठाउँमा खेतीयोग्य जमिन बगाउनुको साथै किसनाको बालीनाली नष्ट भएको छ ।

अनुगमन समितिका अनुसार रामारोशन क्षेत्रका करिब ४ सय घरपरिवार बिस्थापित भएका छन् । त्यस्तै, ६ झुलङ्गे पुल, ५ जलविद्युत परियोजना, ३० भन्दा बढी पानी घट्ट ,१४ खानेपानीका मुहान र ६ वटा सिँचाइ कुलो पूर्ण रुपमा क्षति भएका छन् । अल्याडी, जेठरी, बालसैन र कैलाश खोला आसपासका बजार र बस्ती उच्च जोखिममा रहेकाले तत्काल राहत उद्दार तथा व्यवस्थापनका लागि सबै निकायको ध्यान जानुपर्ने रावलले बताइन् ।

सर्वदलीय अनुमगन टोलीले अल्याडी, सडेगडा, नेटाकोट, जिउनेरा वडा नम्बर ४ को भेरगाउँ, जेठरी, बालसैन, हुडेतोला, घट्टे खोलाको स्थलगत अनुगमन गरेको छ । त्यस्तै, टोलीले खालबजार, पुलबजार, मुजाबगरलगायतका क्षेत्रमा समेत अनुगमन गरेको छ । टोलीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिवालय सदस्य चक्र बहादुर रावल ,नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँपालिका अध्यक्ष कम्मान साउद ,सचिव पदम शाह ,नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव गोपिप्रसाद खनाल, कांग्रेस युवा नेता एवम् नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट, रामारोशन गाउँपालिका प्रविधिक निराजन रोकाया, प्रहरी चौकी शान्तडाका हवल्दार भुवन पालसहित दुई प्रहरी जवानलगायतको सहभागीता रहेको थियो ।

अनुगमन टोलीले क्षतिको विवरण संकलन गर्नुको साथै अवस्थाको जानकारी समेत लिएको छ । अनुगमनको प्रतिवेदन तयार भइरहेको बताउँदै उपाध्यक्ष रावलले प्राथमिकताका आधारमा राहत र उद्दार गरिनु पर्ने बताइन् । अब राहत र पुर्नस्थापनाको योजना बनाइने  उपाध्यक्ष रावलले बताइन् । यसमा सबैलाई सहयोग गर्न समेत आग्रह गरेकी छन् ।

  • धिरज कुँवरको सहयोगमा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal