आज :

पहिरोमा घर पुरिँदा बागलुङमा ४ जनाको ज्यान गयो, रास्कोटमा पाँच हराए

काठमाडौं । मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी बर्षासँगै आएको बाढीपहिरो परी ठूलो जनधनको क्षति भएको छ । सोमबार रातिदेखि परेको अविरल बर्षासँगै आएको पहिरोमा परी बागलुङमा चार जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको ज्यान गएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । होमकुमारीलाई उपचराका लागि अस्पताल पठाइएको छ । श्रीमान् पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै, निसीखोला गाउँपालिकामानै एक महिलाको शव खोलाको छेउमा फेलापरेको प्रहरीले बताएको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

उता कालिकोटको रास्कोट नगरपालिका वडा नं १ बडल्तोलामा रहेको गङ्गेखोलामा आएको बाढीमा परि ५ जना हराइरहेका छन् । सोमबारदेखिको अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदै एकै गाउँका पाँच जना हराएका हुन् । घर माथिबाट आएको पहिरोले स्थानीय टेके टमट्टा, नया तिरुवा, जयबहादुर शाहीको घर बगाएको छ ।

स्थानीयका अनुसार पहिरोले घर बगाउँदा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना हराएका छन् । प्रहरी र स्थानीयले उनीहरुको खोजीकार्य सुरु गरेका छन् ।  त्यसैगरी बर्षाका कारण देशका विभिन्न स्थानहरुमा पहिरो जानुको साथै सडक अवरुद्ध भएका छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेकोले हल्कादेखि मध्यम बर्षा हुने बताएको छ । नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको बताउँदै विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।
अहिले देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएका छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

विभागका अनुसार मंगलबार देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार पनि देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal