आज :

रामारोशन गाउँपालिकाका अध्यक्षद्वारा गैरकानुनी रुपमा रकम निकासा गरेको स्वीकार

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्षले गैरकानुनी रुपमा विकास बजेट भुक्तानी गरेको स्वीकार गरेका छन् । सधै विवादमा आइरहने अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद ‘भास्कर’ले वडा नम्बर ५ स्थित निलकण्ठ माविको घेरा पर्खाल निर्माण पूरा नहुँदै गैरकानुनी भुक्तानी गरेको स्वीकार गरेका हुन् ।

घेरा पर्खाल निर्माणमा अनियमितता भएको, कामै नगरी नक्कली बिल बनाएर बढी भुक्तानीको गर्न दवाव दिएको र काम कमसल भएको भन्ने स्थानीयले गुनासो गरेपछि अनलाइन डबलीले समाचार प्रकाशित गरेको थियो ।

सो समाचारपछि साउन ९ गते अध्यक्ष भास्करले जारी गरेर विज्ञप्तिमा गैरकानूनी रुपमा भुक्तानी गरेको स्वीकरा गरेका छन् । तर, काम बढी देखाएर नक्कली बिल बनाएको विषयमा भने अध्यक्षले जारी गरेको विज्ञप्तिमा कुनै कुरा उल्लेख गरिएको छैन । अध्यक्ष भास्करले कोरोनाका कारण समयमै काम सम्पन्न नभएको बताउँदै प्राविधिक रिपोर्टभन्दा बढी रकम भुक्तानी गर्न लगाएको बताएका छन् ।

उक्त घेरा पर्खालको कुल बजेट १५ लाख ३० हजार भएको तर स्थानीयलाई कममा ठेक्का दिएर काम गर्न लगाएको स्थानीय सरोकारवालाको दाबी छ । प्राविधिक रिपोर्टअनुसार उक्त घेरा पर्खालमा लगाउँदा ८ लाख ६९ हजार ४२२ रुपैयाँका मात्रै काम भएको छ । तर, पूरै रकम भुक्तानी गर्न लगाइएको छ । अध्यक्ष भास्करले ६१,२०१ कन्टिजेन्सी बाहेक करिब ६ लाख बढी रकम भुक्तानी भन्ने स्थानीयका आरोपलाई स्वीकार गरेका छन् ।

गाउँपालिकाको लेटरप्याडमा जारी गरेको विज्ञप्तिमा अध्यक्ष भास्करले विद्यालयलाई क्वारेन्टिन बनाइएकोले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको र काम सम्पन्न भएपछि निकाल्न पाउने गरी विद्यालयको खातामा रकम पठाइएको बताएका छन् ।

“विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण क्रममा श्री निलकण्ठ माध्यामिक विद्यालयलाई क्वारेन्टिनमा रुपान्तरण गरेपछि घेरा पर्खाल निर्माणको कार्य निर्धारित मितिमा नसकिई अधुरो रहन गएकोले उक्त विद्यालयमा विनियोजित बजेट सोही विद्यालयमा कार्यान्वयन होस् भन्ने उद्देश्यका साथ काम सम्पन्न भएपछि पैसा झिक्न मिल्ने गरी पैसा विद्यालयको खातामा निकासा गरी नविल बैंक रामारोशन शाखामा रहेको विद्यालयको खाता काम सम्पन्न भइ प्राविधिक प्रतिवेदन प्राप्त नहुँदासम्मको लागि रोक्का गरिएको छ । यसरी रोक्का गरिएको खाताबाट पैसा हिनामिना र दुरुपयोग हुने सम्भावना समेत नरहेको व्यहोरा समेत जनसाधारणको जानकारुको लागि अवगत गराउन चाहन्छु” विज्ञप्तिमा अध्यक्ष भास्करले लेखेका छन् ।

 

काम नगरी रकम निकासा गर्नु गैरकानूनी भएको बताउँदै सरोकारवाला निकायको समेत ध्यानाकर्षण भएको बताइएको छ । उक्त रकम गाउँपालिकाकै भएकोले काम नसकिएपनि फ्रिज नहुने भएपनि रातारात निकासा गर्नु खराब नियत भएको स्थानीयको ठहर छ । अझ गम्भीर कुरा त विद्यालयको विषयमा गाउँपालिका अध्यक्ष आफै अगाडि आएका छन् । विद्यालयसँग जोडिएको विषयलाई लिएर अध्यक्ष भास्करले विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal